By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका बालबालिकाको कुलतप्रति बढ्दो आकर्षण, सामान्य देखि गम्भीर संकटतर्फ

दुधौलीका बालबालिकाको कुलतप्रति बढ्दो आकर्षण, सामान्य देखि गम्भीर संकटतर्फ

Dudhauli FM
Last updated: जेष्ठ ७, २०८२
By Dudhauli FM
Uncategorized
Share
4 Min Read
SHARE

रोहित कुमार गुरुङ

जेठ ७ —

पछिल्ला केहि बर्ष यता सिन्धुलीको दुधौली नगरपालिका किशोरकिशोरी र कलिला बालबालिकाबीच कुलतजन्य पदार्थप्रति बढ्दो आकर्षणले गम्भीर चिन्ता निम्त्याएको छ । विद्यालय उमेरका बालबालिका समेत हुक्का, चुरोट, सूर्ती लगायतका नशालु पदार्थ प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । झनै दुःखद त के छ भने, बिद्यालय पोशाक मै समाजको सामु खुलेआम बालबालिकाहरु कुलतको बाटो गएको थाहा हुँदा हुँदै गर्दा पनि समाज, विद्यालय र अभिभावकको ध्यान यसतर्फ जान सकेको छैन । साना बालबालिकाहरुले दुधौलीका पसलहरुमा बिभिन्न सुर्तिजन्य तथा मादक पदार्थहरु खरिद गर्दा समेत सबै जना मुख दर्शक बनेर बसि रहेको देखिन्छ ।

बालबालिकाको ‘स्टाइल’ नाममा सुरु हुने लत

काठमाडौं, पोखरा, धरानजस्ता शहरी क्षेत्रको जस्थतो सिको गरेर दुधौलीका बिभिन्न होटल तथा “हुक्का क्याफे” ले समेत किशोर किशोरीहरूलाई कुलत तर्फ आकर्षित गरिरहेका छन् । कलिला उमेरमै फेसबुक स्टोरी र इन्स्टाग्राम रील्स जस्ता समासजक सञ्जालमा धुवाँ उडाउने दृश्य हालेर आफूलाई ठूला प्रमाणित गर्ने होड रहेको देखिन्छ । सुरुमा साथीसँग मोजमस्ती र मनोरञ्जन गर्ने बहानामा सुरु भएको यो गतिविधि पछि गम्भीर लतमा परिणत हुँदै गएको बिभिन्न अध्यनले जनाएको छ ।

यहि जेड सात गतेको दिन मात्रै दुधौली कै एक होटलमा हुक्काको सर्का तानेर बाहिर निस्किएको बालक अचेत हुँदा अस्पताल नै भर्ना भएर उपचार गर्नु पर्ने अवस्थामा पुग्यो । यता दुधौली कै १५ वर्षीय एक किशोर (नाम गोप्य) भन्छन् , “हामी त रमाइलो गर्न मात्रै गएका थियौँ, तर अहिले बानी परिसक्यो । पढाइभन्दा साथी र हुक्का क्याफे नै प्रिय लाग्न थालिसक्यो ।”

अभिभावक र विद्यालयको कमजोरी

सानै उमेरमा अभिभावकले मोबाइल दिइ दिनु, जति पैसा जे माग्यो त्यो पुर्‍याइदिनु र आफ्ना नानी बाबुहरु कहाँ गएको, के गरिरहेको छ भन्ने बुझ्न नखोज्नु आजको अभिभावकीय कमजोरी बन्न पुगेको छ । विद्यालयले पनि बाहिरी गतिविधिबारे ध्यान नदिएपछि समस्या झनै गहिरिँदै गएको छ ।

शिक्षाविद् मोटिभोशनर कमल सिलवाल भन्नु हुन्छ, “विद्यालयले बालबालिकाको केवल पाठ्यक्रममा मात्र होइन, उनीहरूको सामाजिक र मानसिक अवस्थामाथि पनि नजर दिनुपर्छ । अहिलेको बालबालिका सामाजिक सञ्जाल र सहपाठीको दबाबमा बढी चल्न थालेका छन् । यसलाई समय मै निगरानी गरेर आफ्ना नानी बाबुहरुलाई सहि दिशामा नल्याए यसले भविस्यमा ठूलो संकट मात्रै हुँदैन यसले राज्य कै भविस्यमा धक्का पुग्छ ।” उहाँले भन्नु भयो ।

नेपालमा १८ वर्ष मुनिका व्यक्तिहरूलाई चुरोट, रक्सी, सूर्ती तथा यस्ता पदार्थ बिक्री वितरण गर्न पाइँदैन भन्ने कानुनी व्यवस्था छ । तर, यसको पालना गर्ने र गराउने निकायहरूको उदासीनताले गर्दा कानुन कागजमा मात्र सीमित भएको छ ।

कानुन त छ, कार्यान्वयन छैन

पछिल्लो समय प्रहरीले केही क्याफेहरूमा छापा मारे पनि त्यो ‘एक दिनको समाचार’ बनेर हराउने गरेको छ । नियमित निगरानी र अभिभावक, विद्यालय तथा राज्यको समन्वयबिना समस्या समाधान असम्भव देखिन्छ ।

समाधान के हो?

सामाजिक सचेतना अभियानस् विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। अभिभावकको सक्रियतास् सन्तान कहाँ जान्छ, के गर्छ भन्ने बारे जानकार हुन जरुरी छ। कानुनको कडाइगर्ने गैरकानुनी रूपमा हुक्का, चुरोट बेच्ने स्थानहरूमाथि कडाइ गर्नुपर्छ । मानसिक स्वास्थ्य शिक्षा, किशोर अवस्थामा हुने मानसिक उल्झन समाधान गर्न सहज पहुँच हुने परामर्श केन्द्र खोलिनुपर्छ।

बालबालिकाको भविष्य बिग्रिन नदिन आजै कदम चाल्नु आवश्यक छ। “अहिले नभए कहिले?” भन्ने सोचले राज्य, समाज र परिवार सबैले गम्भीर ध्यान दिनु पर्ने समय आएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

How to Play Video Poker at Online Casinos

By Dudhauli FM

EpicStar Casino

By Dudhauli FM

Le rôle essentiel du service client dans l’industrie du jeu en ligne

By Dudhauli FM
Uncategorized

दुधौली बालिका बलात्कार प्रकरणमा निस्पक्ष छानविनको माग

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?