दुधौलली एफ.एम. सम्वाददाता
सिन्धुली, दुधौली — राष्ट्रिय स्वतन्त्र पार्टी १० नं. वडा समिति, दुधौलीको आयोजनामा आज “वृक्षारोपण तथा सरसफाई कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० नं. वडा समितिको आयोजना तथा राष्ट्रिय स्वतन्त्र पार्टी दुधौली नगर समितिको सह–आयोजनामा आज बिहान दुधौली नगपालिका १० को शहीद स्मृति पार्कमा “वृक्षारोपण तथा सरसफाई कार्यक्रम” गरीएका हो ।

कार्यक्रममा रास्वपा सिन्धुलीका जिल्ला सचिव एल.पि. देबकोटाको प्रमुख खातिथ्यथामा नगर समिति दुधौलीका पार्टी संयोजक बिजय कार्की संगै वडाका पार्टी सभापति, कार्यकर्ता, स्थानीय बासिन्दा र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पार्क परिसर वरिपरि सरसफाई गर्नुका साथै विभिन्न प्रजातिका करिब ४०० वटा फूलका बिरुवाहरू रोपेका आयोजक समितिका सभापति कबिर श्रेष्ठले जानकारी दिनु भयो । सरसफाई गर्ने क्रममा करिब २ ट्याक्टर फोहोर पनि संकलन गरिएको आयोजकहरूले जनाएका छन्।

आयोजकका अनुसार कार्यक्रमको मूल उद्देश्य वातावरण संरक्षण, हरियाली विस्तार, समाजमा स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने तथा नागरिकलाई सामूहिक सहभागितामा जोड्ने रहेको जनाएको छ । सहभागीहरूले राजनीति केवल सत्ता प्राप्तिको साधन मात्र नभई समाजसेवा, वातावरण संरक्षण र नागरिक हितमा केन्द्रित हुनुपर्ने सन्देश यस अवसरमार्फत प्रवाह भएको बताएका छन् ।

यस्तै, कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाहरूको संरक्षण र हेरचाहमा सबै नागरिकले राजनीतिक भेदभाव नगरी सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै, कार्यक्रममा उपस्थित भई योगदान पु¥याउने विभिन्न वर्गका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ । पछिल्लो समय बिभिन्न सामाजिक कार्यमा सकृय रहेको रास्वपा दुधौलीले आउदो दिनमा बिभिन्न सासमाजिक कार्यहरु गर्दै जाने नागर समितिका सभापति कार्कीले जानकारी दिनु भयो ।
