By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिकालाई नेकपा एमालेको ध्यानाकर्षण, समस्याको तत्काल समाधान गर्न माग

दुधौली नगरपालिकालाई नेकपा एमालेको ध्यानाकर्षण, समस्याको तत्काल समाधान गर्न माग

Dudhauli FM
Last updated: साउन २७, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाका प्रमुखलाई स्मरण पत्र बुझाउँदै नगर क्षेत्रमा देखिएका कृषि, स्वास्थ्य तथा पशुपालनका समस्यामा तत्काल ध्यान दिन आग्रह गरेको छ। स्मरण पत्रमा पार्टीले नेपालको संविधान २०७२ अन्तर्गत बनेको तीन तहको सरकार संरचनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै स्थानीय सरकारलाई ‘घरदैलोको सरकार’को रूपमा प्रभावकारी बनाउन आग्रह गरेको छ।

पार्टी सचिव चन्द्र बहादुर कार्की (रमेश) र अध्यक्ष के खेटराज अधिकारीको नेतृत्वमा बुझाइएको उक्त स्मरण पत्रमा, सिंहदरबारमा केन्द्रित शासन प्रणालीलाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यसहित बनेको स्थानीय सरकार सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहिताका आधारमा सञ्चालन हुनुपर्ने उल्लेख छ। कृषि क्षेत्रमा मल अभावको समस्या स्मरण पत्रमा हाल कृषकहरू रासायनिक मलको अभावमा परिरहेको, वितरणमा ढिलाइ, अनियमित प्रणाली र कालोबजारीका कारण कृषि उत्पादनमा प्रत्यक्ष असर परेको उल्लेख छ। यसले दीर्घकालमा खाद्य सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने भन्दै पर्याप्त आपूर्ति, वितरण प्रणाली सुधार र कालोबजारी नियन्त्रणका लागि नगरपालिकाले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।

स्वास्थ्य क्षेत्रमा शुल्क वृद्धि जनविरोधी नगरको एक मात्र नगर अस्पतालमा गरिएको स्वास्थ्य सेवा शुल्क वृद्धिप्रति एमालेले कडा आपत्ति जनाएको छ। स्मरण पत्रमा सर्पदंश उपचारसहितका आधारभूत स्वास्थ्य सेवामा समेत नागरिकलाई शुल्क तिर्नुपर्ने व्यवस्था गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकको पहुँच बाहिर जाने खतरा रहेको उल्लेख छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले शुल्क वृद्धि तत्काल फिर्ता गरी साविकको दरमा सेवा दिन आग्रह गरिएको छ।

लम्पी स्किन रोग नियन्त्रणका माग नगर क्षेत्रमा गाई–गोरुमा फैलिएको लम्पी स्किन रोगका कारण कृषकको जीविकोपार्जन, दुध व्यवसाय र स्थानीय अर्थतन्त्रमा असर परेको भन्दै यसको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न स्मरण पत्रमा आग्रह गरिएको छ। पार्टीले रोगको स्थिति मूल्यांकन गरी सर्वेक्षण तथा निगरानी कार्य तीव्र पार्ने, जोखिममा परेका पशुलाई निःशुल्क वा अनुदानमा खोप उपलब्ध गराउने, पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको मोबाइल टोली गठन गर्ने, संक्रमित पशुको आइसोलेसन र उपचार सुनिश्चित गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यक औषधि तथा उपकरण तत्काल उपलब्ध गराउने सुझाव दिएको छ।

एमालेले लोकतन्त्रमा प्रतिपक्षको आवाज सुन्ने संस्कार स्थापित गर्न, जनताप्रति जवाफदेहितापूर्वक काम गर्न र नगरपालिकाले तत्काल जनहितका यस्ता समस्यामा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM
Uncategorized

प्रहरी जवान आधारभूत तालिम ६–२०४ समूहको दीक्षान्त समारोह

By Dudhauli FM
Uncategorized

दुधौली १० वडा अध्यक्ष फुटबल कप सुरु, ६ टिमको सहभागिता

By Dudhauli FM
Uncategorized

कमला बहुमुखी क्याम्पसको व्यवस्थापन समिति चुनाव शनिबार हुने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?