By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका माथिल्ला वडामा वर्षातका कारण आवतजावतमा कठिनाइ

दुधौलीका माथिल्ला वडामा वर्षातका कारण आवतजावतमा कठिनाइ

Dudhauli FM
Last updated: अशोज ८, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / दुधौली नगरपालिकाको माथिल्लो भेगमा पर्ने वडा नं. १२, १३ र १४ का स्थानीयहरू केही दिन देखि परेको निरन्तर परेको वर्षातका कारण आवतजावतमा समस्या खेपिरहेका छन् । पछिल्ला केही दिनदेखिको अविरल वर्षाले सडक चिप्लो र अप्ठ्यारो बनेपछि दैनिक आवतजावत तथा उपभोग्य सामान वोसार पसार गर्न स्थानीयले सास्ती भोग्नुपरेको हो ।

नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा माथिल्लो भेगका स्थानीयहरूलाई अझै बढी कठिनाइ परेको छ । दुधौली बजार उनीहरूको मुख्य केन्द्र भएकाले त्यहाँबाट दैनिक उपभोग्य सामान लैजानु र आफ्नै उत्पादन बिक्री गर्नु पर्ने बाध्यता रहेको छ । तर, सडकको खराब अवस्थाका कारण बजार आउन त केही हद सम्म सम्भव भए पनि फर्कदा भारी बोकेको सवारीसाधन बाटोमै चिप्लेर रोकिनु वा बीच बाटोमै अड्किनु पर्ने अवस्था आएको स्थानीयको गुनासो छ ।

दुधौली–१४ का स्थानीय हिरा बहादुर तामाङले भने, “निर्वाचन आउँदा नेताहरू यही सडक देखाएर भोट माग्छन् । हामी पनि सडक बन्ने भयो भनेर आशा राखेर भोट हाल्छौँ । तर चुनाव सकिएपछि नेताहरू हराउँछन् । हाम्रो पीडा सुनिदिने कोही छैन ।”

स्थानीयवासीहरूको भनाइअनुसार, वर्षातमा हिलोमैलो र चिप्लो, हिउँदमा धुलाम्मे हुने सडकका कारण दैनिक जीवन नै प्रभावित भएको छ । “दशैं आउनै लाग्यो, बजार आउनैपर्छ, तर बजारबाट फर्केर कसरी घर पुग्ने भन्ने चिन्ता छ,” दुधौली–१३ का एक स्थानीयले बताएका छन् ।

स्थानीयहरूले संघ, प्रदेश र स्थानीय सरकार सबैतर्फबाट उपेक्षित भएको महसुस गरेको बताएका छन् । उनीहरूको आरोप छ कि स्थानीय सरकारले समेत उनीहरूलाई ‘तेस्रो दर्जाको’ नागरिकझैँ व्यवहार गर्दै आएको छ ।

यसरी सडक समस्या लामो समयदेखि भइरहे पनि सम्बोधन हुन नसक्दा दुधौलीका माथिल्ला वडाका बासिन्दा वर्षेनी पीडामा बस्न बाध्य भएका छन् । दशैं जस्ता चाडपर्वमा अझै बढी समस्या देखिनु प्राकृतिक विपत्ति मात्र नभई योजनागत बेवास्ता र राजनीतिक उदासीनताको परिणाम भएको स्थानीयहरूको धारणा छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Elevating Responsible Gambling: Innovations and Strategies in the Digital Age

By Dudhauli FM
Uncategorized

दुधौली १४ को वि. व्य. स.को अध्यक्षमा नयन सुनुवार सर्वसम्मत

By Dudhauli FM
Uncategorized

दुधौलीमा उन्नत सिरोही बीउ बोकाको वितरण, कृषकमा खुसीको लहर

By Dudhauli FM

Регистрационные бонусы на 1хбет официальном сайте

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?