By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > उद्योग मन्त्री तामाङको एक वर्ष: स्थानीय उत्पादन प्रवर्द्धनदेखि विद्युत महशुलमा सहुलियतसम्म

उद्योग मन्त्री तामाङको एक वर्ष: स्थानीय उत्पादन प्रवर्द्धनदेखि विद्युत महशुलमा सहुलियतसम्म

Dudhauli FM
Last updated: साउन ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. संवाददाता,


दुधौली/ बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्नु भएको छ ।। हेटौंडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले मन्त्रालयले हासिल गरेका महत्वपूर्ण प्रगतिहरू प्रस्तुत गर्नु भएको हो।

उहाँले २०८१ साउन ९ गते मन्त्रालयको नेतृत्व सम्हालेपछि उद्योग तथा वाणिज्य क्षेत्रलाई प्रवर्द्धन, विकास र विस्तार गर्दै निर्यात बढाउने उद्देश्यसहित बजेट तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको बताउनु भयो।

गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले ७३ करोड ७९ लाख बजेटमध्ये ७८ प्रतिशत खर्च गरी ६ अर्ब ५२ करोड ९१ लाख राजस्व संकलन गरेको उल्लेख छ। मन्त्रालय मातहत हालसम्म ५९ हजार ४६७ उद्योग दर्ता भएका छन्।

मुख्य उपलब्धिहरू:
✅ नीतिगत सुधार – प्रदेश औद्योगिक व्यवसाय ऐन, व्यापार ऐनमा संशोधन, हस्तकलाग्राम ऐन २०८१ तर्जुमा, घरेलु मदिरा ऐन मस्यौदा तयारी।
✅ नवीन कार्यक्रम – नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड लागू, उत्कृष्ट उद्योगी र शोधपत्रलाई सम्मान र अनुदान।
✅ पूर्वाधार विकास – उद्योग तथा वाणिज्य कार्यालय चितवनको नयाँ भवन र एकीकृत सेवा कक्ष सञ्चालन।
✅ औद्योगिक ग्राम – सिन्धुलीको दुधौली र नुवाकोटको शिवपुरीमा औद्योगिक ग्राम निर्माणका लागि सम्भाव्यता अध्ययन र DPR सम्पन्न।
✅ समावेशी विकास – बोटे, माझी, हायु, बनकरिया र मुसहर समुदायलाई सीप विकास तालिम, प्रविधि हस्तान्तरण र स्वरोजगार कार्यक्रमका लागि ५ करोड ५० लाख बजेट विनियोजन।
✅ विद्युत महशुलमा सहुलियत – ललितपुर र सिन्धुलीका मौलिक लघु उद्योग तथा हस्तकला उत्पादन उद्योगलाई ५० प्रतिशत विद्युत महशुल छुट।

मन्त्री तामाङले आगामी दिनमा “एक वडा एक उद्यम”, “एक स्थानीय तह एक प्रमुख उद्योग” नीति कार्यान्वयन गर्दै रोजगारी सिर्जना र उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिने प्रतिवद्धता जनाइन्। साथै, स्टार्टअप, बिजनेस इन्क्युबेशन सेन्टर र कोशेली घर स्थापना सहित नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनलाई तीव्रता दिने जानकारी दिइन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Best Table Game Games at SuperCat Casino

By Dudhauli FM
Uncategorized

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

By Dudhauli FM

Les secrets de la complexité algorithmique derrière Fish Road

By Dudhauli FM
Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?