By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम निर्देशिका सम्बन्धी कार्यशाला सम्पन्न

विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम निर्देशिका सम्बन्धी कार्यशाला सम्पन्न

Dudhauli FM
Last updated: असार २, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

प्रतिमा दियाली


सिन्धुली – २०८२ जेठ ३१

दुधौली / विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम निर्देशिका मस्यौदा सम्बन्धी परामर्श कार्यशाला सम्पन्न भएको छ। दुधौली नगरपालिका र हेण्ड नेपालको आयोजनाका साथै प्लान नेपालको सहकार्य तथा साझेदारमा कार्यशाला सम्पन्न गरिएको हो।

दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारू सभा अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकाको शैक्षिक समावेशीकरण, उनीहरूका लागि लक्षित शैक्षिक कार्यक्रमहरूको मस्यौदा निर्माण, विद्यालय भर्ना दर, उमेरअनुसारको विद्यार्थी अवस्था, स्थानीय शिक्षा नीति तथा ऐन–कानुन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

मस्यौदा माथि विस्तृत रूपमा छलफल गर्दै यो समैदालाई यथा शिघ्र पूर्णता दिनु पर्ने कार्यवाहक नगर प्रमुख थारूले बताउनु भयो । त्यसैगरी नमुना मावि लदाभिरका प्रधानाध्यापक मोहन शाहीले मासैदा सँगै स्थानीय सरकारले पनि विद्यार्थी ड्रप आउटको विषयमा ठोस रणनीति ल्याउनु पर्नेमा जोड दिनु भयो । त्यसै गरी मासैदा माथि कै छलफलको क्रममा नगरपालिकाका वडा अध्यक्ष तथा जन प्रतिनिधिहरूले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय सम्म ल्याउन शैक्षिक वातावरण सिर्जना गर्न सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै वडाको तर्फबाट विशेष पहल गरिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यशालाले नीति निर्माणको प्रारम्भिक चरणमै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्दै बालमैत्री र समावेशी शैक्षिक रणनीति तयार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

दुधौली नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारू, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख मोहन बहादुर सुनुवार, हेण्डस नेपालका अध्यक्ष बाशु अधिकारी, शिक्षा शाखा प्रमुख हरी लाल विश्वकर्मा, १४ वटै वडा अध्यक्ष, शिक्षाविद्, सामाजिक संघ संस्था, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीय तथा सरोकार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

उद्योग मन्त्री तामाङको एक वर्ष: स्थानीय उत्पादन प्रवर्द्धनदेखि विद्युत महशुलमा सहुलियतसम्म

By Dudhauli FM

Come la storia e la cultura influenzano i giochi moderni come Bullets And Bounty

By Dudhauli FM

Vantaggi e svantaggi delle slot con jackpot per giocatori casual e high roller

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकालाई नेकपा एमालेको ध्यानाकर्षण, समस्याको तत्काल समाधान गर्न माग

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?