By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > घर बस्तीमा आकस्मिक बाढी पस्दा दुधौलीका स्थानीय त्रसित

घर बस्तीमा आकस्मिक बाढी पस्दा दुधौलीका स्थानीय त्रसित

Dudhauli FM
Last updated: साउन ३१, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली — दुधौली नगरपालिकाको विभिन्न स्थानमा आज आकस्मिक रूपमा बाढी पस्दा स्थानीय त्रसित भएका छन्। सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ को बङ्का खोला र वडा नं. ४ मा रहेको विचित्र खोलामा आएको बाढी घर र खेतबारीमा पसेको हो।

वडा नं. १ को कार्यालय अगाडिको बङ्का खोलाले आसपासका करिब १० घर डुबानमा पारेको दुधौली नगरपालिका–२ का स्थानीय कमल अधिकारीले बताए। उहाँले भन्नुभयो, “दुधौलीको माथिल्लो डाँडामा पानी परिरहेको थियो। एक्कासी घरको दलानमै धमिलो पानी आयो, हेर्दा–हेर्दै भित्र पस्न थाल्यो। अझ केही समय वर्षा भएको भए धेरै घरभित्र पानी पस्ने अवस्था हुन्थ्यो।”

मदन भण्डारी राजमार्गसँगै रहेको उक्त क्षेत्रमा प्रत्येक वर्ष बाढी पस्ने गरेको स्थानीयले बताएका छन्। सडक निर्माणको क्रममा बङ्का खोलाको कल्भर्ट साँघुरो बनाइएकाले समस्या बढेको उनीहरूको गुनासो छ।

यस बाढीबाट खेमप्रसाद पहाडी, दिव्य हार्डवेयरका सञ्चालक दुर्गा बराल, डिल्लि सागरसहितका घरहरू बढी प्रभावित हुने गरेको छ। यसैगरी नन्दलाल पहाडी, शिवप्रसाद पहाडी, चन्द्रप्रसाद, गोविन्द पहाडी, वडा कार्यालय र आसपासका अन्य घरहरू पनि हरेक वर्ष डुबानमा पर्न बाध्य हुने गरेको स्थानीयले बताएका छन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ।

यस्तै, दुधौली नगरपालिका–४ को तमर्णी खोलामा आएको बाढीले स्थानीयको धानबाली लगाइएका खेतहरूमा पनि पानी पसेको छ। हालसम्मकै ठूलो बाढी आएको भए पनि सामान्य क्षति बाहेक ठूलो नोक्सानी नभएको स्थानीयहरूको भनाइ छ।

दुधौली नगरपालिका विपद् व्यवस्थापन तथा वातावरण शाखा प्रमुख नारायण भट्टराईले दुधौली एफएमसँगको कुराकानीमा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “खोला, खहरे र खेल्सामा आकस्मिक रूपमा बाढी आउन सक्ने भएकाले राति वा एक्लै अनावश्यक हिँडडुल नगर्न सबैलाई अनुरोध गर्दछौँ ।” उहाँले भन्नुभयो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

How Transparent Design Shapes Responsible Gambling Experiences

By Dudhauli FM
Uncategorized

दुधौली नगरस्तरीय विज्ञान प्रदर्शनीमा सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम

By Dudhauli FM
Uncategorized

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

By Dudhauli FM

L’effetto delle luci di Las Vegas sulla percezione del rischio tra i visitatori

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?