By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिका–६ हर्षाहीले बालमैत्री वडा घोषणा गर्ने लक्ष्य

दुधौली नगरपालिका–६ हर्षाहीले बालमैत्री वडा घोषणा गर्ने लक्ष्य

Dudhauli FM
Last updated: जेष्ठ २०, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली – दुधौली नगरपालिका–६ हर्षाही वडालाई २०८२ माघ महिनाभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालनमा आएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा घोषणा कार्यविधि २०७९ अनुसार वडा तथा समुदाय स्तरमा बाल अधिकारका सूचकहरू पूरा गर्न तालिम, अभियान, अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

वडा स्तरीय बाल अधिकार समितिका संयोजक प्रेमबहादुर लामाका अनुसार, बालमैत्री वडा घोषणाको पाँच चरणमध्ये हाल वडा कार्यान्वयन चरणमा पुगेको छ। यस चरणका सूचकहरू पुरा गर्न सातवटा टोल सुधार समिति गठन गरिएको छ भने अभिभावकहरूबाट बाल विवाह र बाल श्रम नगर्ने प्रतिवद्धतासहित हस्ताक्षर संकलन गरिएको छ।

समुदायस्तरमा ९ र विद्यालयस्तरमा ४ गरी कुल १३ वटा बाल क्लब गठन गरिएको छ। ती क्लबहरू मार्फत बाल अधिकार सुनिश्चित गर्ने, बाल विवाह न्यूनीकरण तथा विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालय फर्काउने अभियानहरू सञ्चालन भइरहेका छन्। बाल क्लबका अध्यक्ष ओमप्रसाद बरालले समुदायका केही बालबालिकालाई पुनः विद्यालय भर्ना गरिसकेको जानकारी दिनुभयो।

वडाका अध्यक्ष कमानसिंह आलेका अनुसार, शिक्षा, स्वास्थ्य र सरसफाइसँग सम्बन्धित सूचकहरू ९० प्रतिशतसम्म पूरा भइसकेका छन्। यद्यपि बाल विवाह तथा विद्यालयबाहिर रहेका बालबालिकाको संख्या न्यूनिकरणमा चुनौती कायमै रहेकाले सोहीअनुसार अभियानलाई तीव्र पारिएको छ।

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमध्ये हालसम्म ७०–७९ प्रतिशतसम्म सूचकहरू पूरा भइसकेकोले वडालाई ‘बालमैत्री उन्मुख वडा’ घोषणा गरिएको छ। बाँकी सूचकहरू पनि निर्धारित समयभित्र पूरा गरी २०८२ माघभित्र पूर्ण रूपमा बालमैत्री वडा घोषणा गरिने लक्ष्य रहेको अध्यक्ष आलेले जानकारी दिनुभयो।

यस अभियानमा दुधौली नगरपालिका, ह्याण्ड्स नेपाल सिन्धुली, तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। स्थानीय तहमा बालबालिकाको अधिकार सुनिश्चित गर्न र बालमैत्री शासन प्रणाली प्रवर्द्धन गर्नका लागि विगत दुई वर्षदेखि यो अभियान सञ्चालनमा रहेको हो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली बालिका बलात्कार प्रकरणमा निस्पक्ष छानविनको माग

By Dudhauli FM
Uncategorized

११औं महाधिवेशनबाट विजयी नेतृत्वलाई ईश्वर पोखरेलको बधाइ तथा शुभकामना

By Dudhauli FM
Uncategorized

बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

By Dudhauli FM

The Significance of Expanding Wilds in Modern Slot Design

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?