By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, फोटो फिचर समेत

दुधौली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, फोटो फिचर समेत

Dudhauli FM
Last updated: जेष्ठ १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, जेष्ठ १३

सिन्धुलीको दुधौली नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगो ना घोषणा समारोह सम्पन्न गरेको छ । सिन्धुली जिल्लाको स्थानीय तहको रूपमा पाँचौँ पूर्ण खोप पालिकाको रूपमा दुधौली नगरपालिका आधिकारिक रूपमा घोषणा भएको हो ।

नियमित खोप लगाई रहेका बालबालिकाहरू मध्यबाट विभिन्न कारणले छुटेको १ सय १४ जना बालबालिकालाई खोजी गरि खोप सम्पन्न गरेर दुधौली पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा घोषणा भएको स्वास्थ्य शाखा दुधौलीका शाखा प्रमुख जगदीश मण्डलले बताउनु भयो । “भौगोलिक बिकटता सँगै विभिन्न धार्मिक तथा पुरातन सोचका कारण खोप लगाउनबाट वञ्चित बालबालिकाहरूलाई कन्भिन्स गरी खोप लगाउनु सफल भएका हौ ।” शाखा उप–प्रमुख तिल्केश्वर यादवले बताउनु भयो ।

“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिततामा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित नगरपालिकाले एक भव्य कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो । कार्यवाहक नगर उप प्रमुख चन्द्र किशोर थारूको सभा अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष कारसाङ लामा प्रमुख अतिथि पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखका साथै कर्मचारीहरू , नगरपालिका अन्तर्गतका सबै १४ वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, स्वास्थ्य चौकी दुधौलीका प्रमुख तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो।

कार्यक्रममा खोप निःशुल्क, सुरक्षित र जीवन रक्षक हुने सन्देश दिदै रोग लाग्नु भन्दा पहिलेै रोग लाग्न नदिनु बुद्धिमानी भएको औँल्याउनु भएको थियो । साथै, पूर्ण खोप सुनिश्चिततामा योगदान पु¥याउने स्वास्थ्यकर्मीहरूलाई खादा, माला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रम लाई सम्बोधन गर्नु हुदै कार्यवाहक नगर प्रमुख थारूले सबैको साथ सहयोग र एकताको भावनले सफलता मिलेको यो उचाई लाई कहिलै पनि सय बाट उनन्सय हुन नदिन सबैमा आग्रह गर्नु भयो ।

दुधौली नगरपालिका बालबालिकाको पूर्ण खोप सुनिश्चित गरी जनस्वास्थ्यमा उदाहरणीय उपलब्धि हासिल गरेको आयोजक पक्षको भनाइ छ । कार्यक्रमका सम्पूर्ण वक्ताहरूले स्वास्थ्य क्षेत्रमा पालिकाले उल्लेख्य फड्को मारेको भए पनि साक्षरता घोषणा जस्तो घोषणा मै मात्र सीमित नरहन सुझाएको थियो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

How to Play Video Poker at Online Casinos

By Dudhauli FM
Uncategorized

दुधौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा ट्राफिक प्रहरीको सक्रियतासँगै दुर्घटनामा कमी

By Dudhauli FM
Uncategorized

नेबि संघद्वारा स्ववियु निर्वाचित पदाधिकारीहरुको सम्मान तथा बनभोज कार्यक्रमको आयोजना

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?