By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा ट्राफिक प्रहरीको सक्रियतासँगै दुर्घटनामा कमी

दुधौलीमा ट्राफिक प्रहरीको सक्रियतासँगै दुर्घटनामा कमी

Dudhauli FM
Last updated: चैत्र २०, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम सम्बाददाता

सिन्धुलीको दुधौली नगरपालिकामा पछिल्लो समय ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। नगरका विभिन्न स्थानहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा यात्रु मैत्री वातावरण निर्माणका लागि ट्राफिक प्रहरीले सघन रूपमा अभियान सञ्चालन गरेपछि दुर्घटनामा क्रमिक रूपमा कमी आएको देखिएको छ।

इलाका प्रहरी कार्यालय दुधौलीका इन्स्पेक्टर सिमोन धितालको नेतृत्वमा ट्राफिक प्रहरी सहायक निरीक्षक उपेन्द्र महत्त्व र हवल्दार हरेराम खतिवडाको सक्रियताका कारण नगरपालिकामा दुर्घटना कम भएको स्थानीयहरू बताउँछन्। विशेष गरी मदन भण्डारी वैकल्पिक राजमार्गमा हुने सवारी दुर्घटनालाई ध्यानमा राख्दै प्रहरीले सवारी चेकजाँचलाई थप कडाइ गरेको छ।

इलाका प्रहरी कार्यालय डकाहाको निर्देशन अनुसार ट्राफिक प्रहरीले दुधौली नगरका विभिन्न स्थानहरूमा नियमित तथा आकस्मिक चेकजाँच गर्दै आएको छ। प्रहरी स्रोतका अनुसार अब कुनै पनि प्रकारको सवारी नियम उल्लंघनलाई नजरअन्दाज नगरिने र सबैलाई कारबाहीको दायरामा ल्याइने नीति अपनाइएको छ। ट्राफिक हवल्दार खतिवडाका अनुसार सवारी चेकजाँच नागरिक सुरक्षाका लागि सञ्चालन गरिँदै आएको छ।

दुधौली नगरका विभिन्न सडकखण्डमा ट्राफिक प्रहरीको सक्रियता देखेर स्थानीयवासी खुसी व्यक्त गर्दैछन्। उद्योग वाणिज्य संघ दुधौलीका अध्यक्ष बृजनारायण शाहका अनुसार ट्राफिक प्रहरीले मद्यपान गरेर सवारी चलाउने, अति तीव्र गतिमा गाडी हुइँक्याउने, र अनधिकृत सवारी सञ्चालन गर्ने व्यक्तिहरूमाथि कारबाही गर्दा दुर्घटना कम हुन मदत पुगेको छ। स्थानीय समाजसेवी पूर्णबहादुर विष्ट राजनले चेकजाँच अभियान प्रभावकारी बनेको बताए।

केही स्थानीयले चेकजाँचको कठोरतालाई लिएर असन्तोष व्यक्त गरे पनि नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष केशव बरालका अनुसार ट्राफिक प्रहरीको सक्रियताले आम जनतामा सकारात्मक प्रभाव पारिरहेको छ।

दुधौली नगरपालिकामा ट्राफिक प्रहरीको सक्रियता अझ प्रभावकारी हुँदै गएको छ, जसले गर्दा यात्रुहरू थप सुरक्षित महसुस गरिरहेका छन्। यसरी नै निरन्तरता दिए दुर्घटना शून्यमा झार्ने लक्ष्य हासिल गर्न सकिने विश्वास गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

By Dudhauli FM
Uncategorized

दुधौलीमा १५ दिने फोटो–भिडियो तालिमको औपचारिक उद्घाटन

By Dudhauli FM
Uncategorized

अनुशासनको जीत, सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल ‘बेस्ट प्लाटुन’को उपाधि

By Dudhauli FM

Wagertales Casino’s Customer Support: Live Chat vs. Email Support

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?