By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउने बारे एक दिने कार्यशाला सम्पन्न

विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउने बारे एक दिने कार्यशाला सम्पन्न

Dudhauli FM
Last updated: जेष्ठ ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

गुणा माया मगर

दुधौली, जेठ ९ –सिन्धुलीको दुधौली नगरपालिकामा उज्ज्वलता परियोजना अन्तर्गत विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले एक दिने कार्यशाला सम्पन्न भएको छ।
दुधौली नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारु प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा प्लान इन्टरनेशनलको साझेदारीमा दुधौली नगरपालिका, मानव तथा राष्ट्रिय विकास समाज ( हेण्डस नेपाल ) सिन्धुली तथा उज्ज्वलता वालिका सशक्तीकरण परियोजनाको आयोजनामा कार्यशाला संचालन गरिएको हो।
कार्यशालामा विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, भर्ना, निरन्तरता तथा वैकल्पिक सिकाइका उपायहरूका साथै अभिभावकमुखी कार्यक्रमहरूको समावेशी निर्देशिका तयार गर्ने विषयमा गहिरो छलफल भएको थियो। सहभागीहरूले शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न स्थानीय सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

कार्यक्रममा शिक्षा शाखा दुधौलीका प्रमुख हरिलाल बिश्वकर्मा, शिक्षा शाखाका फोकल पर्सन लाल बहादुर कार्की, पालिकाका २० वटा विद्यालयका प्रतिनिधिहरू, स्थानीय निकायका प्रमुख, सरोकारवाला संघसंस्था तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।कार्यशालाको सहजीकरण रामलाल धामीले र संयोजन कमला लामाले गर्नुभएको थियो।
विद्यालयबाहिर रहेका बालबालिकाको पहिचानका उपायहरू, उनीहरूलाई विद्यालयमा भर्ना गराउने रणनीति, अध्ययनमा निरन्तरता सुनिश्चित गर्ने उपायहरू, वैकल्पिक सिकाइका कार्यक्रमहरूको विकास, पालिकाले अघि बढाउनुपर्ने नीतिगत तथा कार्यान्वयन पक्षहरू जस्ता बुँदाहरूमा छलफल तथा अन्तकृया गरिएको थियो । कार्यक्रम संयोजक कमला लमाका अनुसार छलफलका निष्कर्षहरूलाई स्थलगत अनुगमन, प्रतिवेदन तथा थप बहसपछि कार्यान्वयनमा लैजाने तयारी भइरहेको परियोजना कार्यक्रम संयोजक लामाले जानकारी दिनु भयो ।
यो कार्यशालाबाट तयार पारिने कार्यदिशा आगामी दिनमा विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा ल्याउन महत्वपूर्ण कडी हुने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

तीनपाटनका बालबालिकालाई साइबर सुरक्षा र लागूऔषध दुर्व्यसनबारे सचेतना

By Dudhauli FM
Uncategorized

दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

By Dudhauli FM
Uncategorized

लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

शिक्षक आन्दोलनमा दुधौलीका शिक्षक अग्रपंक्तिमा, फोटो फिचर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?