By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > गिचियानी क्रीकेट क्लबलाई पछि पार्दै घरेलु टिम दुधौली क्रीकेट क्लब Aफाईनलमा

गिचियानी क्रीकेट क्लबलाई पछि पार्दै घरेलु टिम दुधौली क्रीकेट क्लब Aफाईनलमा

Dudhauli FM
Last updated: मंसिर १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बददाता

दुधौली, मंसिर १३, / दुधौली नगरपालिका इतिहासमै पहिलोपटक आयोजना गरिएको क्रीकेट कप खुल्लाा नकाउट प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घरेलु आयोजक दुधौली क्रीकेट क्लब (A) विजयी भएको छ। कडा प्रतिस्पर्धामध्ये घरेलु टोलीले गिचियानी क्रीकेट क्लबलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

टस जितेर पहिले व्याटिङ गरेको दुधौली क्रीकेट क्लब (A) ले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो। घरेलु टोलीका सुबन श्रेष्ठले सर्वाधिक ६४ रन बनाउँदै टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याए। त्यसैगरी रेमेश मन्डलले २८ रन र दिबेश भुजेलले अविजित २३ रनको योगदान दिए।

बलिङतर्फ गिचियानी क्लबका आयुषले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। जवाफमा १६३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गिचियानी क्रीकेट क्लब १६.१ ओभरमा १३९ रनमै सबैआउट भएको थियो।
गिचियानीका तर्फबाट आयुषले ४९ रन, नगेन्द्रले २३ रन, र बिबेकले १६ रनको योगदान दिए। दुधौली क्रीकेट क्लब (A) का बलर मनिष यादवले ५ विकेट, सुबन श्रेष्ठले ३ विकेट, र मुकेश साहले २ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । आजको खेलमा ब्याटिङ र बलिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका सुबन श्रेष्ठलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।

यससँगै घरेलु टोली दुधौली क्रीकेट क्लब (A) क्रीकेट कप–२०८२ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। भोलि हुने फाइनल खेलमा दुधौलीले सिन्धुलीको कमलामाई नगरपालिकाको सिन्धुली क्रीकेट क्लबसंग प्रतिस्पर्धा गर्ने छन ।
खेलमा प्रथम हुनेले ५० हजार र दोस्रोलाई २५ हजार नगद सहित शिल्ड ट्रफी र प्रमाणपत्र पाउनेछन ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका जनप्रतिनिधिहरू आगामी आर्थिक वर्षको बजेट तयारीमा ब्यस्त

By Dudhauli FM
Uncategorized

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

By Dudhauli FM
Uncategorized

दुधौली ६ हर्साहीको पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु बरामद, २५ हजार रुपैयाँ जरिवाना

By Dudhauli FM
Uncategorized

दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?