By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिका वडा नं. ६ मा विकास निर्माण कार्यले तिव्र गति लियो

दुधौली नगरपालिका वडा नं. ६ मा विकास निर्माण कार्यले तिव्र गति लियो

Dudhauli FM
Last updated: बैशाख १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

Contents
मुख्य सम्पन्न योजना र उपलब्धिहरूसडक ढलानशिक्षा सुधारसंस्कृति र धार्मिक संरचनापर्यावरण संरक्षणसहकारी सशक्तीकरणसार्वजनिक पूर्वाधारसिँचाइ सुविधाकृषि तालिम तथा उत्पादन प्रवर्द्धनविपद् व्यवस्थापनखानेपानी सुधारस्वास्थ्य सेवा

दुधौली एफ.एम. संवाददाता, दुधौली

दुधौली नगरपालिका वडा नं. ६ मा आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट विभिन्न विकास निर्माण तथा सेवा प्रवाहका कार्यक्रमहरू तिव्र रुपमा अगाडि बढिरहेका छन्। वडाध्यक्ष कमानसिंह आले मगरको सक्रियता, जनप्रतिनिधिहरूको समन्वय र टोल सुधार समितिहरूको सहभागिताका कारण वडामा उल्लेखनीय प्रगति भएको हो।

वडाध्यक्ष आलेका अनुसार, यस वर्षका अधिकांश शीर्षकगत योजना कार्यान्वयन भइसकेका छन्। सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा बहुआयामिक विकास भएका छन्।


मुख्य सम्पन्न योजना र उपलब्धिहरू

सडक ढलान

वडाभित्र करिब १,४०० मिटर सडक ढलान कार्य सम्पन्न, जसमा समावेश छन्:

  • भताही स्कुलसम्म – ४८८ मिटर
  • माथिल्लो भताही गणेश टोल हुँदै – १५० मिटर
  • दुघरिय तीनतले – २०० मिटर
  • जनजागरण मावि स्कुल परिसर – २५० मिटर
  • चित्र टोल – १५० मिटर
  • चमेली टोल – २०० मिटर
  • कुलपूजा कार्की मार्ग – १०० मिटर

शिक्षा सुधार

  • विद्यालयहरूमा कम्प्युटर तथा डान्स शिक्षकको नियुक्ति गरी गुणस्तरीय शिक्षामा सुधार।
  • वडा नं. ६ लाई बालमैत्री वडा घोषणा, ७५५ सूचक तथा चरणहरू सफलतापूर्वक पूरा।

संस्कृति र धार्मिक संरचना

  • गुम्बामा घेराबेरा तथा ट्रस निर्माण कार्य सम्पन्न।

पर्यावरण संरक्षण

  • अठीनगरे खहरे, रिचार्ज पोखरी, सामुदायिक वन, ढोडानी खहरे जस्ता क्षेत्रहरूको संरक्षण।
  • वातावरणीय संरक्षणमा करीब २ करोड रुपैयाँ बराबरको काम सम्पन्न।

सहकारी सशक्तीकरण

  • सहकारी संस्थामा आवद्ध महिलाहरूलाई उद्घोषण तालिम।
  • सहकारी भवनको घेराबेरा तथा भुइँ ढलान कार्य सम्पन्न।

सार्वजनिक पूर्वाधार

  • कमला करिडोर अन्तर्गत भताही–लालभित्ती क्षेत्रमा सुधार कार्य।
  • भताही, हिमाली, हर्षाही, जगाडी चौकहरूमा प्रतिक्षालय निर्माण।

सिँचाइ सुविधा

  • कृषकहरूलाई निःशुल्क नहरमार्फत सिँचाइ सुविधा उपलब्ध।

कृषि तालिम तथा उत्पादन प्रवर्द्धन

  • ८ वटा कृषि समूह गठन।
  • वडा स्तरीय कृषि तालिम सञ्चालन।

विपद् व्यवस्थापन

  • २४ सै घण्टा आपत्कालीन सामग्री तथा मेसिन उपकरण तयारी अवस्थामा राखिएको।

खानेपानी सुधार

  • विभिन्न स्थानमा इनार तथा ट्याङ्की निर्माण गरी खानेपानी सेवा सुधार।

स्वास्थ्य सेवा

  • टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयलाई प्रत्यक्ष लाभ।

वडाध्यक्ष आले मगरले आगामी दिनमा अझ प्रभावकारी योजनाहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीहरूले वडामा भएका प्रगतिशील विकास कार्यहरूको प्रशंसा गर्दै यसलाई सकारात्मक रूपमा लिएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

अस्पतालले बिमारीको आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर उपलब्ध गराउने

By Dudhauli FM
Uncategorized

साहित्यकार पौडेलको दशौं कृति ‘प्राज्ञिक संलाप’ सार्वजनिक

By Dudhauli FM
Uncategorized

दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

By Dudhauli FM
Uncategorized

महिला हिंसा न्यूनीकरणमा सामुदायिक मनोसामाजिक सहजकर्ताको अपरिहार्य भूमिका

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?