By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > अस्पतालले बिमारीको आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर उपलब्ध गराउने

अस्पतालले बिमारीको आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर उपलब्ध गराउने

Dudhauli FM
Last updated: अशोज २७, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली, सिन्धुली — असोज २७, २०८२ (अक्टोबर १३, २०२५)

दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा अवस्थित दुधौली नगर अस्पतालले सेवाग्राहीका लागि आवश्यक अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । अस्पतालले सेवा क्षेत्रमा रहेका बिरामी र सेवाग्राहीको सहजताका लागि यस्तो व्यवस्था गरेको हो।

अस्पतालका अनुसार, अक्सिजन सिलिन्डरका लागि धरौटी रु. ५,००० र प्रति सिलिन्डर भाडा रु. १,५०० तोकिएको छ। त्यस्तै, अक्सिजन कन्सन्ट्रेटरका लागि धरौटी रु. १०,००० र दैनिक भाडा रु. १५० तोकिएको छ। सेवाग्राहीले निवेदनसहित आवश्यक कागजात र रकम बुझाएपछि उपकरण उपलब्ध गराइने अस्पतालले जनाएको छ । अस्पतालले एक सूचना जारी गर्दै उक्त सेवा प्रदान गरिने जनाएको हो ।

अस्पतालले जारी गरेको सूचनामा, सेवाग्राहीले उपकरण लिने र बुझाउने दुबै समयमा चेकजाँच गर्नुपर्ने, उपकरणमा क्षति पुगेमा त्यसको जिम्मेवारी सेवाग्राहीकै हुने र अस्पतालले आवश्यकता अनुसार फिर्ता माग गर्न सक्ने उल्लेख गरेको छ ।

सेवाग्राहीले प्रयोग अवधि थप गर्न चाहेमा अक्सिजन कन्सन्ट्रेटरको हकमा प्रत्येक ३ महिनामा र अक्सिजन सिलिन्डरको हकमा रिफिल गर्ने क्रममा निवेदन दिएर समय थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

सेवा लिनको आवश्यक आवश्यक कागजातहरूमा नागरिकताको प्रमाणपत्र, अग्रिम भाडा तथा धरौटी रकम बुझाएको रसिद र सम्बन्धित बिरामीको पुर्जा (रोगको प्रकृति निर्धारणका लागि)आवश्यक रहेको अस्पतालका प्रमुख डा. सुमन सिंह कार्कीले जनाउनु भएको छ ।

दुधौली नगर अस्पतालका प्रमुख डा.कार्कीका अनुसार, “यो व्यवस्था विशेषगरी आपत्कालीन अवस्थामा अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले गरिएको हो । सेवाग्राहीहरूले सहजै अस्पताल प्रशासन शाखामार्फत आवेदन दिन सक्नेछन्,” भनेर जानकारी दिनुभयो ।

अधिक जानकारीका लागि सम्पर्क दुधौली नगर अस्पताल, सिर्थौलीमा सम्पर्क गर्न सकिने पनि अस्पतालले जनाएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

By Dudhauli FM

Mostbet müştəri dəstəyi ilə əlaqə yolları: Addım-addım bələdçi

By Dudhauli FM
Uncategorized

नेकपाका प्रभावशाली नेता रामशरण थापा नेपाली काँग्रेसमा प्रवेश, जिल्ला सदस्यमा मनोनयन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?