By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > काजु सफलतापछि ड्रागन फ्रुटतर्फ नमुना मावि लदाभिरको अर्को पहल

काजु सफलतापछि ड्रागन फ्रुटतर्फ नमुना मावि लदाभिरको अर्को पहल

Dudhauli FM
Last updated: फाल्गुन १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम सम्वाददाता

दुधौली/ नमुना माध्यमिक विद्यालय लदाभिर ले काजु खेतीमा सफलता हासिल गरेपछि अब ड्रागन फ्रुट खेतीतर्फ कदम बढाएको छ। विद्यालयले १२० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर औपचारिक रूपमा खेतीको सुरुवात गरेको हो।

दुधौली नगरपालिका–९ मा रहेको उक्त विद्यालयले कृषि धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक शिक्षासँग जोड्दै स्थानीय उत्पादनसँगै आयातित बहुमूल्य फलफूलको उत्पादनमा जोड दिएको छ। कक्षा कोठाभित्र सीमित नभई खेतबारीमै प्रयोगात्मक अभ्यास गराउँदै आएको विद्यालयले यसअघि काजु खेतीमा उल्लेखनीय सफलता हात पारेको थियो।

सामान्यतया विश्वविद्यालय तहमा अनुसन्धान गरिने विषयलाई विद्यालय तहबाटै अभ्यासमा उतार्दै नमुना मावि लदाभिरले काजु उत्पादनमा सफलता हासिल गरेको थियो। भारतका विभिन्न स्थानमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको काजु खेतीलाई दुधौलीको माटोमा परीक्षण गरी सफल भएपछि विद्यालयले अब ड्रागन फ्रुट खेती सुरु गरेको हो।

विद्यालयका प्रधानाध्यापक मोहन शाही ठकुरीका अनुसार शिक्षक र विद्यार्थीको संयुक्त सहभागितामा ड्रागन फ्रुटका बिरुवा रोपिएको हो। “कृषि धारका विद्यार्थीलाई व्यवहारिक र आयमुखी शिक्षा दिनु हाम्रो उद्देश्य हो,” उनले बताए।

विद्यालयले उत्पादनमुखी शिक्षालाई प्राथमिकता दिँदै कृषिमार्फत आत्मनिर्भरता र उद्यमशीलता विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
नमुना मावि लदाभिरले काजु खेतीको सफल अभ्यासपछि ड्रागन फ्रुट खेती सुरु गर्नु विद्यालय तहबाटै व्यावसायिक र अनुसन्धानमुखी कृषि शिक्षाको उत्कृष्ट उदाहरण बनेको छ। यस पहलले विद्यार्थीहरूमा सीप, आत्मविश्वास र उद्यमशीलता विकास गराउँदै स्थानीय स्तरमै आयआर्जनका सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

चुन ढुङ्गा बोक्ने ट्रिफरको आतङ्क मचाएको भन्दै स्थानीयहरूले गुनासो

By Dudhauli FM

Tattiche di marketing innovative per ottenere extra chilli gratis come nuovo cliente

By Dudhauli FM
Uncategorized

खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

By Dudhauli FM

7 из 10 игроков выигрывают в Plinko uz — тестируй demo сейчас

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?