By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > चुन ढुङ्गा बोक्ने ट्रिफरको आतङ्क मचाएको भन्दै स्थानीयहरूले गुनासो

चुन ढुङ्गा बोक्ने ट्रिफरको आतङ्क मचाएको भन्दै स्थानीयहरूले गुनासो

Dudhauli FM
Last updated: साउन ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली/ मदन भण्डारी राजमार्ग अन्तर्गतको दुधौली सडक खण्डमा सिमेन्ट बनाउने चुन ढुङ्गा बोक्ने ट्रिफरले आतङ्क मचाएको भन्दै स्थानीयहरूले गुनासो व्यक्त गरेका छन् । सिराहाको मिर्चैयामा रहेको मारुति सिमेन्ट र धनुषाको महेन्द्र नगरमा भएको कसमस सिमेन्ट फ्याक्टरीको सिमेन्टको लागि कच्चा पदार्थ चुन ढुङ्गा बोक्ने टिफरलेको कारण दुधौली सडक खण्ड अन्तर्गत पर्ने सडक छेउका स्थानीयका साथै साँझ पख सवारी गर्ने यात्रुहरूमा बडी जोखिम र आतंकित भएको गुनासो आएको छ ।

विशेष गरी राति चल्ने यी टिफरहरूले ओभरलोड बोकेर ओभर स्पिडमा दौडने, अरूको सडक ल्यान चापेर आउने तथा मदिरा सेवन र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको स्थानीयहरूको आरोप रहेको छ । स्थानीयहरूले रोकेर सोधपुछ गर्दा हामीले सबै सेटिङ मिलाएका छौँ । सडक सबैको साझा हो भन्ने जवाफ आउने गरेको स्थानीयहरूको गुनासो रहेको छ । यस विषयमा दुधौली ट्राफिक प्रहरी सँग कुरा गर्दा चासो नदेखाएको दुधौली ८ का स्थानीय पर्वत बरालले बताउनु भयो ।

हामीले टिफर धेरै नै रोक्ने प्रयास गरेका पनि हौँ । तर ठूलै राजनीतिक दलको संरक्षणमा नै चल्ने र गरेको थाहा पाए पछि फोन आउने गरेको कारण टिफर आतङ्क रोक्न सकेनौ । उहाँले भन्नु भयो ।

उता ट्राफिक प्रहरी दुधौलीका इन्चार्ज उपेन्द्र महतोका अनुसार राती टिफर चल्न पाउने र ओभर लोड मापन गर्ने साधन आफूहरू सँग नभएको भन्दै हल्का जवाफ दिनु भयो । हामीले धरै पटक टिफर चालकहरूलाई सम्झायौँ तर दुधौलीका युवा नेता पेम्बा तामाङले भन्नु भएर हामीले छाडि दिएका हौँ । उहाँको भनाई रहेको छ ।

उदयपुर कटारीबाट दैनिक रूपमा चल्ने सयौ टिफरले दुधौली बासी र यात्रुहरूले सास्ती भोगि रहेका छने । यो सँगै टिफरको छेमता भन्दा बढि ढुङ्गा बोक्नाले सडकको आयु सँगै टिफरको ढलबाट निस्किएको ढुङ्गाले लाग्ने जोखिम समेत बढेको छ । यस विषयमा सबैले समय मै ध्यान दिन जरुरी रहेको स्थानीय बुद्धिजीवीहरूको भनाई रहेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Le principali innovazioni tecnologiche implementate in Monopoly Live e il loro impatto

By Dudhauli FM

Pirots 4: Sammelvögel und das Geheimnis der Farbeffekte

By Dudhauli FM

¿Es mejor un sitio de apuestas con bono de bienvenida o sin promoción alguna?

By Dudhauli FM
Uncategorized

प्रहरी जवान आधारभूत तालिम (६-२०४) का प्रशिक्षार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?