By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नेपाल तरुण दल दुधौलीको वडा अधिवेशन सुरु, वडा नं. ५ र १० मा सम्पन्न

नेपाल तरुण दल दुधौलीको वडा अधिवेशन सुरु, वडा नं. ५ र १० मा सम्पन्न

Dudhauli FM
Last updated: भदौ ६, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफ.एम. संवाददाता

सिन्धुली — सत्ता साझेदार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै दुधौली नगरपालिकामा वडा अधिवेशन सुरु भएको छ।

नेपाली कांग्रेस तथा तरुण दलको निर्देशनअनुसार दुधौली नगरपालिकामा अधिवेशनको प्रक्रिया अघि बढाइएको तरुण दल दुधौली नगर सभापति लक्ष्मण कुमार दनुवारले जानकारी दिनुभयो।

पहिलो चरणअन्तर्गत दुधौली नगरपालिका वडा नं. ५ र १० को अधिवेशन सम्पन्न भइसकेको छ। वडा नं. ५ मा शुभलाल तामाङको सभापतित्वमा १३ सदस्यीय वडा समिति गठन गरिएको छ भने वडा नं. १० मा बीरबहादुर सुनुवारको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो।

सभापति दनुवारका अनुसार दुधौली नगरपालिकाका विभिन्न वडामा अधिवेशन सञ्चालन गर्न प्रतिनिधिहरू तोकिएका छन्। जसअनुसार वडा नं. १ मा राजन दाहाल, २ मा कृष्ण चन्द्र दाहाल, ३ मा राजन बिष्ट, ४ मा सन्तोष थापा, ५ मा मनोज श्रेष्ठ, ६ मा सन्तोष पौडेल, ७ मा प्रदीप घिमिरे, ८ मा बैकुण्ठ बराल, ९ मा रितेश विक, १० मा लक्ष्मण कुमार, ११ मा विश्वास शाही ठकुरी, १२ मा सुरेश बुढाथोकी, १३ मा श्रवण अधिकारी र १४ मा कमानसिंह आले मगरलाई प्रतिनिधि तोकिएको छ।

नेपाल तरुण दलले कार्यतालिका ७७ वटै जिल्लामा पठाइसकेको छ। लामो समयदेखि महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले निर्देशन समिति बनाएर अधिवेशन अघि बढाएको हो।

गत चैतभित्र कांग्रेसले आफ्ना १३ भ्रातृ संस्थालाई महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर, तीमध्ये पाँच संस्थाले मात्र महाधिवेशन गरेका छन्। बाँकी संस्थामा महाधिवेशन गराउन कांग्रेसले तदर्थ समिति गठन गरेको थियो। पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दल तदर्थ कार्यसमितिलाई अन्तिम पटक महाधिवेशन गराउन म्याद दिइएको हो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM

Проведение Live ставок через приложение 1xbet

By Dudhauli FM
Uncategorized

सम्झौता अवधिमै पुल निर्माण सकाउन कार्यवाहक नगरप्रमुख थारुको निर्देशन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?