By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली बजारमा रक्षा बन्धनको चहलपहल, राखी किन्ने भीडमा बजार रन्कियो

दुधौली बजारमा रक्षा बन्धनको चहलपहल, राखी किन्ने भीडमा बजार रन्कियो

Dudhauli FM
Last updated: साउन २३, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

सिन्धुली, दुधौली — साउन १४ गते शनिबार मनाइने रक्षा बन्धन पर्व नजिकिँदै जाँदा सिन्धुलीको दुधौली बजारसहित आसपासका क्षेत्रका बजारहरूमा चहलपहल बढेको छ। राखी किन्ने ग्राहकहरूको भीडका कारण बजार रन्किएको छ।

दुधौली, डाकाहा, सिथौली र जगाडी चोकका पसलहरू विभिन्न रंग, आकार र डिजाइनका राखीहरूले सजिएका छन्। सुन, चाँदी र रेशमका धागोले बनेका आकर्षक राखीहरूले ग्राहकको ध्यान तानिरहेका छन्। बालबालिकाका लागि कार्टुन पात्रका राखीहरू पनि लोकप्रिय छन्। राखीसँगै उपहार र मिठाईको बिक्री समेत बढेको छ, जसका कारण दुधौलीका मिठाई पसलहरूमा समेत भीड देखिन्छ।

पर्वको अवसरमा टाढा–टाढाबाट दाजु–भाइ दिदी–बहिनीलाई राखी लगाउन घर फर्किएका छन् भने कतिपय दिदी–बहिनी माईत गएको देखिन्छ। स्थानीय बौद्धिक वर्गका अनुसार केही वर्षयता सिन्धुलीको पहाडी क्षेत्रमा पनि राखी बन्धन पर्वले चेलिबेटी र माईतीबीचको माया र सद्भावलाई अझ प्रगाढ बनाएको छ।

नेपालमा यो पर्व जनै पूणिर्मा नामले पनि चिनिन्छ, जसमा पुरुषहरूले चोखो खानासहितको व्रत बसेर भोलिपल्ट बिहान स्नान गरी मन्त्रसहित जनै धारण गर्छन्। पुरोहितबाट रक्षा सूत्र बाँधेर हरेक बाधा–विघ्नबाट रक्षा होस् भन्ने कामना गरिन्छ। भारतमा भने दिदी–बहिनीहरूले दाजु–भाइको दीर्घायु र कल्याणको कामना गर्दै राखी बाँध्ने प्रचलन रहिआएको छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो चलन विस्तार हुँदै गएको छ।

पौराणिक मान्यताअनुसार रक्षा बन्धनको उत्पत्ति भविष्य पुराण र श्रीमद्भागवत पुराणका कथासँग सम्बन्धित छ। भविष्य पुराणअनुसार देवता र असुरबीचको युद्धमा इन्द्राणी (शची) ले इन्द्रको हातमा रक्षा सूत्र बाँधिदिएपछि देवता विजयी भएका थिए। त्यहीँबाट रक्षा सूत्र बाँध्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्र र स्थानिय बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

By Dudhauli FM
Uncategorized

नेकपा एमाले ११ औँ महाधिवेशन: सिन्धुलीबाट ८ जनाको केन्द्रिय सदस्य सहित १० जनाको उम्मेदवारी

By Dudhauli FM
Uncategorized

दुधौलीको फरार प्रतिवादी पक्राउ

By Dudhauli FM

Нужен доступ? Используйте 1xbet зеркало сайта для входа на официальный сайт

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?