By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > कला घरद्वारा जनचेतना फैलाउन दुधौलीमा कचहरी नाटक प्रहसन

कला घरद्वारा जनचेतना फैलाउन दुधौलीमा कचहरी नाटक प्रहसन

Dudhauli FM
Last updated: जेष्ठ १६, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली/

सामाजिक रूपान्तरणका लागि नाटकलाई सशक्त माध्यम बनाउँदै कला घर सिन्धुली कला घरले आयोजना गरेको जनचेतनामूलक नाटक ‘कचहरी’ आज दुधौली बजारमा सफलतापूर्वक सम्पन्न भएको छ । दुधौलीको पुरानो हाटबजार बिहिबारे बजारको समय पारेर गरिएको कार्यक्रममा सिन्धुली कला घरका कलाकारहरूका साथै स्थानीय बुद्धिजीवी जनप्रतिनिधि, शिक्षक विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम मेरी स्टोप्स इन्टरनेशनल, सुनौलो परिवार नेपाल र OCMC को सहयोग तथा सिन्धुली कला घरको आयोजनामा सम्पन्न भएको हो ।

नाटकमार्फत लैङ्गिक विभेद, सुरक्षित गर्भपतन, परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र सम्बन्ध विच्छेद जस्ता संवेदनशील विषयलाई प्रस्तुत गरिएको थियो । ‘कचहरी’ नाटकले यस्ता सामाजिक समस्याहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै उपस्थित दर्शकसँग प्रत्यक्ष संवादमार्फत समाधानको खोजी गरेको सिन्धुली कला घरका संरक्षक तथा मुख्य अभियानता नेपाली बाबु सुमनलले बताउनु भयो

नाटकको परिकल्पना संरक्षक तथा अध्यक्ष नेपाली बाबु सुमनले गरेका हुन् भने कला घर सिन्धुलीका कलाकारहरू—रिता थिङ, सिर्जना गोले, निरुता लामा, जीवन थापा मगर, रिता बिक, रुबिना पुलामी, करुणा नेपाली, विकास पहेली, विशाल सङ्कर, कलम श्रेष्ठ, ममता श्रेष्ठ लगायतले जीवन्त अभिनय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मेरी स्टोप्स सिन्धुलीका कार्यक्रम अधिकृत धन पुलामी मगरले गर्नुभएको थियो ।

सिन्धुलीको दुधौली नगरपालिकाबाट सुरु भएको यो नाटकको आगामी दिनहरूमा जिल्लाको सबै ९ वटै स्थानीय तहमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । आगामी समयमा हुने अन्य स्थानहरूमा गोलन्जोर गाउँपालिकामा यही जेठ १६ गते, कमलामाई नगरपालिका सिन्धुली माडीमा १७ गते, मरिण गाउँपालिका १८ गते र घाङ्लेखमा गाउँपालिकामा १९ गते कचहरी नाटक मञ्चन गरिने कार्यक्रम रहेको छ ।

सामाजिक विषयमा चेतना फैलाउने यस्ता प्रयासले समुदायमा सकारात्मक प्रभाव पार्ने स्थानीय दर्शकहरूले विश्वास लिइएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

शिक्षा शाखा दुधौलीद्वारा विद्यालयहरूलाई प्रविधि हस्तान्तरण,

By Dudhauli FM
Uncategorized

नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न, अर्जुन कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

By Dudhauli FM

Jeu Plinko Côte d’Ivoire — comment jouer

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?