By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > शिक्षा > दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

Dudhauli FM
Last updated: चैत्र ६, २०८१
By Dudhauli FM
शिक्षा
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / देश भरमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी दुधौली सिन्धुलीको दुधौली नगरपालिकामा पनि पुरा भएको छ । चैत ७ गते बिहिवार देखि १५ शुक्रवार गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पुरा भएको शिक्षा शाखा दुधौलीले जनाएको छ ।

शिक्षा शाखा दुधौलीका शाखा प्रमुख हरि विश्वकर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाबाट ल्याईसकेको र प्रश्न पत्रको सुरक्षाको लागि दुधौलीका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा पु¥याईसकेको जानकारी दिनुभयो

“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षा सिन्धुलीको दुधौलीमा पनि सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । भयर हित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शाखा प्रमुख विश्वकर्माले भन्नुभयो । दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले “ भोलि देखि हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भय रहित वातावरणमा सम्पन्न गर्न र गराउन विद्यार्थी, शिक्षक, अभिभावक र सबै नगरवासीमा आह्वान गर्नु भएको छ ।” चैत ७ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत १५ गते सम्पन्न हुनेछ । । जिल्लाभरमा कुल ५ हजार ७ सय ६२ जना विद्यार्थीहरू मध्यमा दुधौली नगरपालिकामा मात्रै १ हजार दुई सय ४५ विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा शाखाले जनाएको छ । जस मध्य दुधौलीका प्राविधिक धारका ७४ जना परीक्षार्थीहरूका लागि कमलामाई नगरपालिकाको मावि ढुंग्रेवासमा परीक्षा केन्द्र तोकिएको छ ।

यो वर्ष दुधौली नगरपालिकामा ५ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परीक्षा केन्द्रका केन्द्राध्यक्षका साथै सहायक केन्द्राध्यक्ष लगायत विभिन्न सरोकारवालाहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम प्रदान गरिएको शिक्षा शाखा दुधौलीका शाखा प्रमुख विश्वकर्माले बताउनु भयो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा स्वास्थ्य शिबिर सम्पन्न १४८० जनाले सेवा पाए

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?