By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सुस्ताएको टाँडी स्वास्थ्य चौकी पछिल्लो समय सक्रिय : स्थानीयको विश्वास जित्दै

सुस्ताएको टाँडी स्वास्थ्य चौकी पछिल्लो समय सक्रिय : स्थानीयको विश्वास जित्दै

Dudhauli FM
Last updated: असार १३, २०८३
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली/ कुनै समय “दुधौली नगरपालिका–११ मा पनि स्वास्थ्य चौकी छ र?” भन्ने अवस्था रहेको टाँडी स्वास्थ्य चौकी पछिल्लो केही महिनायता उल्लेखनीय रूपमा सक्रिय बन्दै गएको छ। पर्याप्त भौतिक पूर्वाधार र सुविधा सम्पन्न भवनको अभाव हुँदाहुँदै पनि बर्थिङ सेवासहित आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएको यस स्वास्थ्य संस्थाप्रति विगतमा स्थानीयवासीको विश्वास र चासो अपेक्षाकृत कम रहेको बताइन्छ।

तर पछिल्लो समय सीमित स्रोतसाधनकै बीचमा टाँडी स्वास्थ्य चौकीले नियमित स्वास्थ्य सेवासँगै विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेपछि स्थानीयवासीको विश्वास र प्रशंसा बटुल्न सफल भएको छ।

स्थानीय जानकारहरूका अनुसार स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी बिरेन्द्र साह ले सम्हालेपछि स्वास्थ्य चौकीका गतिविधिमा उल्लेखनीय सक्रियता आएको हो। उहाँको नेतृत्वमा स्वास्थ्य चौकीले समुदायसँगको समन्वय बढाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

हालै जनभावना नेपाल को आयोजना तथा दुधौली नगरपालिका को सहयोगमा दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा टोल सुधार संस्था तथा समुदायका लागि वन तथा वातावरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो।

त्यसैगरी दुधौली नगरपालिका स्वास्थ्य शाखाको आयोजना र टाँडी स्वास्थ्य चौकीको समन्वयमा माध्यमिक विद्यालय टाँडी मा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी डेंगु, जापानिज इन्सेफालाइटिस लगायत किटजन्य रोग नियन्त्रण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको स्वास्थ्य चौकीले जनाएको छ।

यस्तै, कमला माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई समेत डेंगु, जापानिज इन्सेफालाइटिस लगायतका किटजन्य रोगहरूको रोकथाम र नियन्त्रणबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम दुधौली नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा धनसरी शहरी स्वास्थ्य क्लिनिकको समन्वयमा सम्पन्न भएको हो।

यसैक्रममा श्री जनजागृति आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीका अभिभावक, प्रधानाध्यापक, बालविकास सहजकर्ता तथा दिवा खाजा तयार गर्ने कर्मचारीहरूका लागि स्थानीय स्तरमा उत्पादित खाद्यवस्तुको उपभोग प्रवर्द्धन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उक्त कार्यक्रम दुधौली नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा कृषि शाखा र टाँडी स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न भएको हो।

त्यसैगरी, दुधौली नगरपालिका–११ अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय पत्रिङ्गा मा स्वास्थ्य शाखा दुधौली नगरपालिकाको आयोजना तथा टाँडी स्वास्थ्य चौकीको सहजीकरणमा विद्यार्थीहरूलाई पोषण, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

सीमित स्रोतसाधनका बाबजुद समुदाय केन्द्रित स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै टाँडी स्वास्थ्य चौकीले पछिल्लो समय स्थानीय तहमा सकारात्मक पहिचान स्थापित गर्न सफल भएको स्थानीयवासीहरूको भनाइ छ। स्वास्थ्य चौकीको सक्रियताले स्वास्थ्य सेवा प्रवाहप्रति नागरिकको विश्वास बढ्दै गएको देखिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

एघारौँ राष्ट्रिय उद्योग दिवस सिन्धुलीमा उत्साहपूर्वक सम्पन्न

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा नेकपाको उम्मेदवार टुंगो, क्षेत्र नं. १ मा सुबेदी, क्षेत्र नं. २ मा दाहाल

By Dudhauli FM
Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM
Uncategorized

दुधौली शिक्षक महासंघको शैक्षिक मागसहित नगरपालिकालाई ध्यानाकर्षण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?