By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > आफू उम्मेदवार नउठ्ने निर्णय प्रत्यासी उम्मेदवार ठकुरीद्वारा स्पष्ट

आफू उम्मेदवार नउठ्ने निर्णय प्रत्यासी उम्मेदवार ठकुरीद्वारा स्पष्ट

Dudhauli FM
Last updated: माघ ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्वाददाता

सिन्धुली / २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. १ बाट प्रत्यासी उम्मेदवार रहनु भएकी मेनुका ठकुरीले यसपटक आफू उम्मेदवार नबन्ने निर्णय गर्नुभएको विषयमा स्पष्ट पार्दै मतदाता तथा शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ।

उहाँले पार्टीबाट टिकट नपाउनु भएको नभई यसपटक आफूले नै उम्मेदवार बन्न उपयुक्त नठान्नुभएको बताउनु भएको छ। “पार्टीले टिकट नदिएको होइन, यो पटक मैले आफैंलाई यहाँहरूको लागि योग्य उम्मेदवार नदेखेको हुँ,” भनी उहाँले बताउनुभएको छ। त्यसका कारणहरू समय आएपछि घरदैलो कार्यक्रममा सहभागी भई स्पष्ट पार्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।

लोकतन्त्रको मूल आत्मा व्यक्ति नभई प्रणाली र विचार भएको उल्लेख गर्दै उहाँले नेतृत्व परिवर्तन लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अङ्ग भएको बताउनु भयो। “उम्मेदवार परिवर्तनशील हुन्छन्, तर पार्टीको विचार, नीति र संगठन निरन्तर रहन्छ,” उहाँको भनाइ छ।

राजनीति पद, कुर्सी वा सुविधाको विषय नभई धैर्य, निरन्तरता र इमान्दारिताको दीर्घ यात्रा भएको उल्लेख गर्दै उहाँले इतिहास निर्माण गर्नेहरू हार्दासमेत नभाग्ने र थाक्दासमेत नरोक्किने व्यक्तिहरू हुने धारणा राख्नु भएको छ।

आजको राजनीति रोजगारी, शिक्षा, उद्यमशीलता, प्रविधिमैत्री वातावरण तथा सम्मानजनक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उहाँले नागरिक स्वयंको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भएको छ।

यस निर्वाचनमा डर, लोभ र भ्रमबाट माथि उठी विवेक प्रयोग गर्न आग्रह गर्दै उहाँले मतदाताको अमूल्य मतबाट मात्र स्वच्छ, सक्षम तथा उत्तरदायी नेतृत्व स्थापना सम्भव हुने बताउनु भयो।

अन्त्यमा उहाँले सिन्धुली क्षेत्र नं. १ का उम्मेदवार धनेन्द्र कार्कीज्यूलाई मतदान गरी विजयी गराउन सबै मतदातासँग अनुरोध गर्नुभएको छ।
“आउनुहोस्, भविष्य अरूलाई होइन, आफैँलाई सुम्पौं,” भनी उहाँले अपीलमा उल्लेख गर्नुभएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगरपालिका १० मा रहेको आईकोनिक ‘दुधौली’ अक्षर तोडफोड

By Dudhauli FM

Differenze tra casino online europei con bonus senza deposito e promozioni tradizionali

By Dudhauli FM
Uncategorized

जेष्ठ २८, २०८२

By Dudhauli FM
Uncategorized

खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?