By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिकाद्वारा बगमती प्रहरी तालिम केन्द्रलाई ५ लाख बराबरको फर्निचर सहयोग

दुधौली नगरपालिकाद्वारा बगमती प्रहरी तालिम केन्द्रलाई ५ लाख बराबरको फर्निचर सहयोग

Dudhauli FM
Last updated: पुस १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्वाददाता

दुधौली एफएम, सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाले बगमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीलाई ५ लाख रुपैयाँ बराबरको फर्निचर सहयोग गरेको छ। तालिम केन्द्रमा प्रशिक्षणका लागि आउने नयाँ तथा पुराना प्रहरी प्रशिक्षार्थीहरूलाई आवश्यक कुर्सी तथा अन्य फर्निचर अभाव भएपछि नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सहयोग उपलब्ध गराएको हो।

दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारुले सुरक्षा कर्मीहरूको मनोबल उच्च राख्दै सहज प्रशिक्षण वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “देशको सुरक्षा दिने प्रहरीलाई तालिमकै क्रममा भुइँमा बसेर चिसो सहनुपर्ने अवस्था देख्दा मनमा गम्भीर प्रश्न उठ्यो। कार्यपालिकाका सदस्यहरूलाई प्रस्ताव राखेपछि सबैको सहमतिमा हामी यो सहयोग गर्न सफल भएका हौँ। यो पर्याप्त होइन, तर सीमित स्रोतका बाबजुद पनि सहयोग गरेका हौँ।”

तालिम केन्द्रका प्रमुख तथा एसएसपी प्रभु प्रसाद ढकालका अनुसार नगरपालिकाको सहयोग रकमबाट करिब १०० साल पुरानो काठ प्रयोग गरी फर्निचर निर्माण गरिएको छ। साथै, प्रशिक्षण कक्षका लागि ३०–३० वटा आधुनिक कुर्सी खरिद गरिएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिले जवानदेखि माथिल्लो दर्जासम्मका प्रहरीले चिसो भुइँमै बसेर तालिम गर्नुपर्ने बाध्यता थियो। अब कुर्सीमै बसेर क्याम्पस तथा इन्स्टिच्युट सरहको वातावरणमा प्रशिक्षण गर्न पाउने भएका छन्, जसले प्रशिक्षार्थीहरूको सहजता र मनोबल दुवै बढाएको छ।”

नगरपालिकाको सहयोगपछि तालिम प्रशिक्षण कक्षमा प्रहरी प्रशिक्षार्थीहरू भुइँमा बसेर तालिम गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। कुर्सी अभावकै कारण चिसो भुइँमै बसेर प्रशिक्षण गर्नुपर्दा प्रहरीहरूलाई स्वास्थ्य र मनोवैज्ञानिक असर पर्ने जोखिम बढेको थियो। तर, अब पर्याप्त बस्ने व्यवस्था भएपछि प्रशिक्षण प्रक्रिया थप प्रभावकारी र सहज हुने विश्वास लिइएको छ।

दुधौली नगरपालिकाले स्थानीय सरकार–सुरक्षा निकाय सहकार्यको उदाहरण प्रस्तुत गर्दै तालिम केन्द्रलाई उपलब्ध गराएको सहयोगलाई जिल्लामै प्रशंसनीय कदमका रूपमा हेरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Slotbunny Casino vs Competitors: Detailed Comparison

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश सभाबाट दुई उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

By Dudhauli FM

Understanding Terms and Conditions at GunsBet Casino

By Dudhauli FM
Uncategorized

नगर अस्पताल सिर्थौलीमा पनि अख्तियारको छापा, किन राखियो गुपचुप ?

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?