By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पुस १३ आईतबार गते उदयपुरको कटारीमा हर्क साङ्पाङको सम्बोधन हुने

पुस १३ आईतबार गते उदयपुरको कटारीमा हर्क साङ्पाङको सम्बोधन हुने

Dudhauli FM
Last updated: पुस १२, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफएम संवाददाता
दुधौली / उदयपुरको कटारीमा भोलि पुस १३ गते श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङ्पाङले बृहत् आम भेलालाई सम्बोधन गर्नु हुने भएको छ। कटारीमा आयोजना हुने उक्त आम भेलामा पार्टी संगठन विस्तार, ‘हर्क पथ’को अवधारणा जनतामाझ प्रस्तुत गर्ने तथा आगामी फागुन २१ गते हुने निर्वाचनको माहोल सिर्जना गर्ने उद्देश्य रहेको जनाइएको छ।

श्रम संस्कृति पार्टी कटारी नगर संयोजक पूर्णमानसिंह राईका अनुसार पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनस्तरसम्म पुर्‍याउने उद्देश्यले आम भेला आयोजना गरिएको हो। भेलामा पार्टी सभापति साङ्पाङले श्रममा आधारित राजनीति, आत्मनिर्भर अर्थतन्त्र र सुशासनका विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

संयोजक राईले पुराना राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नयाँ सोच र श्रमिक वर्गमा आधारित राजनीतिक शक्तिले मात्रै देश निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार श्रम संस्कृति पार्टीले श्रमिक, किसान र आम नागरिकको हकहितलाई केन्द्रमा राखेर राजनीति अघि बढाउने लक्ष्य लिएको छ।

भेलाकै अवसरमा श्रम संस्कृति पार्टी कटारी नगर समितिको गठन गर्ने तयारीसमेत रहेको जनाइएको छ। पार्टी सभापति हर्क साङ्पाङको उपस्थितिमा नगरस्तरीय संगठनलाई पूर्णता दिँदै आगामी निर्वाचनका लागि सक्रिय भूमिका खेल्ने योजना बनाइएको संयोजक राईले जानकारी दिनुभयो।

आम भेलामा कटारी नगरसहित आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

नेकपा एमाले ११ औँ महाधिवेशन: सिन्धुलीबाट ८ जनाको केन्द्रिय सदस्य सहित १० जनाको उम्मेदवारी

By Dudhauli FM
Uncategorized

दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

By Dudhauli FM
Uncategorized

हेण्डस नेपालको साझेदार संस्थासँगको समिक्षा गोष्ठि सम्पन्न

By Dudhauli FM

Как зайти на вавада

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?