By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > जिनाखुको ठाकुर खोला पक्की पुल निर्माणमा ढिलाइ र कमसल सामग्री प्रयोगको आरोप

जिनाखुको ठाकुर खोला पक्की पुल निर्माणमा ढिलाइ र कमसल सामग्री प्रयोगको आरोप

Dudhauli FM
Last updated: पुस ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका–१२ मा निर्माणाधीन जिनाखु खोला–ठाकुर खोला पक्की पुलमा ढिलाइ हुनुका साथै कमसल सामग्री प्रयोग गरिएको भन्दै स्थानीय वासीले गम्भीर गुनासो गरेका छन्। वर्षौंदेखि प्रतीक्षाको रूपमा रहेको पुल निर्माणमा ठेकेदार र सम्बन्धित इन्जिनियरको लापरबाही भएको स्थानीयको आरोप छ।

दुधौली नगरपालिका–१२ मा निर्माणाधीन जिनाखु खोला–ठाकुर खोला पक्की पुलको काम समयमै सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयका अनुसार निर्माणाधीन पुलका दुईवटा पिल्लर मध्ये एउटा सिधा र अर्को हेर्दै बाङ्गिएको देखिन्छ। साथै पुलमा प्रयोग गरिएको रडसमेत हातले हल्लाउँदा हल्लिने अवस्थामा रहेको उनीहरूको गुनासो छ।

स्थानीयले पुल जस्तो संवेदनशील संरचनामा यसरी लापरबाही हुनु भविष्यमा ठूलो दुर्घटनाको कारण बन्न सक्ने चेतावनी दिएका छन्। “यो पुल हाम्रो वर्षौंदेखिको सपना हो, तर गुणस्तरहीन कामले त्यो सपना नै जोखिममा परेको छ,” एक स्थानीयले भने।

दुधौली नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय अन्तर्गत सञ्चालनमा रहेको उक्त योजनाको नाम निनाखु खोता–ठाकुर खोला पक्की पुल (DPR सहित) हो। योजना दुधौली नगरपालिका–१२, सिन्धुलीमा निर्माण भइरहेको छ।
पुल निर्माणका लागि ठेक्का नं. 09/NCB/WORKS/DMUN/2080/081 अनुसार रु. ९०,९४,९३१.९६ (भ्याट र पी.एस. समेत) को लागतमा ठेक्का सम्झौता भएको छ। ठेक्का सम्झौता मिति २०८०/१०/०२ मा भएको र निर्माण कार्य २०८१ /२ / ३२ भित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ।

उक्त पुल निर्माणको जिम्मा के.एल.के.एन. निर्माण सेवा प्रा. लि., कमलामाई नगरपालिका–५, सिन्धुली ले पाएको छ। तर तोकिएको समय नाघिसक्दा पनि काम अपेक्षित रूपमा अघि नबढेको र गुणस्तरमा समेत प्रश्न उठेको स्थानीयको भनाइ छ। पुलको पिल्लर बाङ्गो र कमसल भएको भन्दै स्थानियहरुले बिरोध गरे पछि निर्माण कम्पनीले पिल्लर फुटाउन सुरु गरिुएको छ ।

स्थानीयवासीले नगरपालिकाले तत्काल अनुगमन गरी गुणस्तरीय सामग्री प्रयोग गराउन, निर्माण कार्य तीव्र बनाउन र दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्। समयमै ध्यान नदिइए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

¿Es mejor un sitio de apuestas con bono de bienvenida o sin promoción alguna?

By Dudhauli FM
Uncategorized

दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

By Dudhauli FM
Uncategorized

इलाका प्रहरी प्रमुख धितालको प्रभाव: दुधौलीमा शान्ति सुरक्षाको नयाँ अध्याय

By Dudhauli FM
Uncategorized

दुधौलीमा २५७०औँ बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?