By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली शिक्षक महासंघको शैक्षिक मागसहित नगरपालिकालाई ध्यानाकर्षण

दुधौली शिक्षक महासंघको शैक्षिक मागसहित नगरपालिकालाई ध्यानाकर्षण

Dudhauli FM
Last updated: भदौ १, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली — नेपाल शिक्षक महासंघ दुधौली नगर कार्य समितिाले शिक्षक तथा विद्यालय कर्मचारीको हकहित र शैक्षिक गुणस्तर सम्बन्धी सात बुँदे मागसहित दुधौली नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

महासंघले एक ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाले विद्यार्थी सङ्ख्या अनुसार शिक्षक तथा कर्मचारी दरबन्दी मिलाउने प्रयासलाई स्वागत गरे पनि विद्यालय समायोजनपश्चात देखिएका समस्या समाधानमा गम्भीर ध्यान दिन आग्रह गरेको हो।

ध्यानाकर्षण पत्रमा न्यूनतम वेतनमा कार्यरत नगर शिक्षकलाई विस्थापित हुन नदिने, समायोजनमा परेका शिक्षकलाई प्राथमिकतामा राखी बाँकी दरबन्दी मिलाउने, विद्यालयका क.स., बालविकास सहयोगी र विद्यालय लेखा कर्मचारीलाई तलब रकममा समानुपातिक समायोजन गर्ने माग राखिएको छ।

त्यसैगरी राहत दरबन्दीका शिक्षकलाई न्यूनतम मापदण्ड बनाएर विषय विज्ञमा सूचीकृत गर्ने, दुधौली नगरपालिकाभित्रका सबै विद्यालयमा बालविकास दरबन्दीको व्यवस्था गर्ने, समायोजनका क्रममा केन्द्रिकृत भएका विद्यालय कर्मचारीलाई सहमतिमा आवश्यक विद्यालयमा पठाउने तथा एकमुष्ठ अनुदानमा सञ्चालित विद्यालयमा कार्यरत कर्मचारीलाई पालिकाबाट नियमित तलब-भत्ता निकासा गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ।

नेपाल शिक्षक महासंघ दुधौली नगर समितिका अध्यक्ष रमेश प्रसाद गौतम, सअध्यक्ष ऋषि प्रसाद काफ्ले र सचिव मिश्र फुयालको हस्ताक्षरसहित बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा शैक्षिक हितका माग तत्काल सम्बोधन गर्न नगरपालिकालाई आग्रह गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा २५७०औँ बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

नेपाली काँग्रेस दुधौलीको नगर स्तरीय भेला सम्पन्न, शिर्सष्त नेता–कार्यकर्ता काँग्रेस पार्टी प्रवेश,

By Dudhauli FM
Uncategorized

दुधौलीका किसान सहुलियतपूर्ण मलको अभावमा पीडित, कालोबजारी मौलाउँदै

By Dudhauli FM

MostBet Bangladesh — Official website Register APK Bonus

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?