By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीका दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा सबैभन्दा कम बेरुजु, सुशासन र पारदर्शिताको नमुना

सिन्धुलीका दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा सबैभन्दा कम बेरुजु, सुशासन र पारदर्शिताको नमुना

Dudhauli FM
Last updated: जेष्ठ १, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफ.एम. सम्वाददाता
सिन्धुली, जेठ १ – तीन तहको सरकारमध्ये स्थानीय तहमा हुने खर्चमा अनियमितता र बेरुजुको अवस्था हेर्दा सिन्धुली जिल्लाका केही पालिकाहरूले अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका जिल्लामै सबैभन्दा कम बेरुजु देखिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकाको बेरुजु जम्मा ०.२७ प्रतिशत मात्र रहेको छ। यी दुई पालिका मध्य दुधौली नगरपालिकाले खर्च गरेको कुल बजेटमध्ये ६७ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ । यता सुनकोशी गाउँपालिकाको पनि कुल खर्च मध्य ३३ लाख २७ हजार बेरुजु रहेको जनाएको छ।
दुधौली नगरपालिकामा अझै कम बेरुजु हुने अनुमान गरिएको थियो तर गत आर्थिक वर्षका केही योजना अन्तर्गत दिइएको पेस्कीको फर्च्यौट नभएकै कारण बेरुजुको प्रतिशत केही बढेको लेखा प्रमुख चुडामणि आचार्यले बताउनु भयो उनका अनुसार , “तीन वटा योजनाको ३७ लाख रुपैयाँको पेस्की फर्च्यौट नभएकै कारण बेरुजु ०.२७ प्रतिशत पुगेको हो।” आगामी दिनमा बेरुजुको आकडा घटाउने प्रयास गर्ने छौ ।
सिन्धुली जिल्लाको अन्य पालिकाहरुको बेरुजु यस्तो छ लाखमा:–
गोलन्जोर गाउँपालिका: २.६४% (जिल्लामै सबैभन्दा बढी) =३२९९४
कमलामाई नगरपालिका: ०.७५% = २४१३९
घ्याङ्लेख गाउँपालिका: १.२०% = ९८६८
तिनपाटन गाउँपालिका: २.०६% = ३८६११
फिक्कल गाउँपालिका: १.४४% = १५६११
मरिण गाउँपालिका: १.८६% = २३७२५
हरिहरपुरगढी गाउँपालिका: १.२७% १३९२६
सुनकोशी र दुधौलीले देखाएको पारदर्शिता, सुशासन र वित्तीय व्यवस्थापनको सुदृढ अभ्यास अन्य पालिकाहरूका लागि पनि उदाहरणीय हुन सक्ने स्थानीय बिज्ञाहरुको भनाई रहेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

डकाहामा बेवारिसे बोलेरो फेला, प्रहरीले सवारी धनीलाई जिम्मा

By Dudhauli FM
Uncategorized

दुधौली एफ.एम. चौथो वर्षमा प्रवेश

By Dudhauli FM
Uncategorized

दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

By Dudhauli FM

Роль RNG в играх казино 1xbet: Объяснение

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?