By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

Dudhauli FM
Last updated: चैत्र १७, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE
[email protected]

रोहित कुमार गुरुङ

सिन्धुली , चैत १७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत शुक्रबार (चैत १५) काठमाडौँमा भएको राजावादी आन्दोलन पूर्ण रूपमा नियोजित रहेको बताएका छन्। उक्त घटनामा दुई जनाको मृत्यु समेत भएको थियो, जसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।

सिन्धुलीको दुधौलीमा नेकपा माओवादी केन्द्रको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाहलाई संकेत गर्दै भने, “आफ्नै घरभित्र नरसंहार मञ्चन गर्न सक्नेहरूले जनताको छोराछोरीको ज्यानलाई केही ठान्दैनन्। उनीहरूको नियत नै अराजकता र आतंक मच्चाउने थियो, तर उनीहरू पूर्ण रूपमा असफल भएका छन्।”

अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा ज्ञानेन्द्र शाहलाई जनताको आग्रहका बाबजुद दया गरेर छुट दिएको बताए। तर, हालैको आन्दोलनले शाहको वास्तविक नियत स्पष्ट पारिदिएको उनको भनाइ थियो। उनले थपे, “पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा उठाएर यदि फेरि पनि गुण्डागर्दी र हत्याकाण्ड मच्चाउने प्रयास गरिएमा जनता उनलाई अब छुट दिने छैनन्।”

समाजवादी र राजावादी सभाको तुलना

अध्यक्ष प्रचण्डले गत शुक्रबार नै भएका समाजवादी र राजावादी सभाको फरक स्पष्ट पार्दै समाजवादीहरूको सभा अनुशासित रहेको तर राजावादीहरूको सभा हिंसात्मक र अराजक भएको टिप्पणी गरे। उनले भने, “हाम्रो सभा हिरोहरूको सभा थियो, जबकि राजावादीहरूको सभा गुण्डा र खलनायकहरूको जस्तो देखियो।”

उक्त आन्दोलनको क्रममा भएको हिंसात्मक घटनालाई जनताले गम्भीर रूपमा लिएको भन्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा यस्ता अस्थिरता मच्चाउने प्रयासहरूलाई जनताले नै निरुत्साहित गर्ने विश्वास व्यक्त गरे।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका मनो–सामाजिक कार्यकर्ता आफै अन्यायमा परेको गुनासो

By Dudhauli FM

Le rôle essentiel du service client dans l’industrie du jeu en ligne

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका–४ मा आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन

By Dudhauli FM
Uncategorized

दुधौली नगर अस्पताल सिथौलीमा सेवाग्राही घट्दै, व्यवस्थापन र सेवाप्रति गम्भीर प्रश्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?