By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका मनो–सामाजिक कार्यकर्ता आफै अन्यायमा परेको गुनासो

दुधौलीका मनो–सामाजिक कार्यकर्ता आफै अन्यायमा परेको गुनासो

Dudhauli FM
Last updated: भदौ १, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली — समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनो–सामाजिक सहयोग पुर्‍याउँदै आएका दुधौली नगरपालिकाका कार्यकर्ता आफै अन्यायमा परेको गुनासो सार्वजनिक गरेका छन्।

विगतमा १४ जना रहेको कार्यकर्ताको संख्यालाई कटौती गरी सात जनामा सीमित गरिएकोमा, बाँकी रहेका ती सात जनालाई समेत पालिकाले बिना सल्लाह अवकास दिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

मनो–सामाजिक कार्यकर्ताहरुका अनुसार, गाउँ, बस्ती र वडामा अझै पनि हिंसा निर्मूल नभइसकेको र आवाजविहीनका आवाज बनेर काम गर्दै आएका बेला आफूहरूलाई पालिकाले अन्याय गरेको छ। कार्यकर्ताहरूले एकसूत्रीय मागसहित आन्दोलनमा जाने तयारीसमेत गरेको बताएका छन्।

“हामी घर–परिवारको समस्याभन्दा पनि पीडितको दुःखलाई प्राथमिकतामा राखेर घाम–पानी नभनी काम गर्‍यौँ। तर पालिकाले हामी सात जनालाई निकालेर लैङ्गिक हिंसामा परेका पीडितलाई नै अन्याय गरेको छ,” दुधौली–३ की कार्यकर्ता सरिता कटुवालले भनिन्।

उनका अनुसार, पटक–पटक मौखिक, लिखित तथा औपचारिक माग राख्दा पनि जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले एक–अर्कालाई देखाएर पन्छिन खोजेको बताए। “अब आन्दोलनमै जान परे पनि पछि हट्दैनौँ,” कटुवालले थपिन्।

दुधौली नगरपालिकामा मनो–सामाजिक कार्यक्रम प्रदेश सरकारले सेवा–सुविधासहित २०८२ साउन ९ गतेदेखि सुरु गरेको थियो। तर पछिल्ला वर्षमा प्रदेश सरकारले सुविधा बन्द गरेपछि नगरपालिकामा रहेका १४ जना कार्यकर्तालाई घटाएर सात जनामा सीमित गरिएको थियो। बाँकी रहेका सात जनालाई पनि चालु आर्थिक वर्ष २०८२/८३ देखि लिखित पत्रमार्फत अवकास दिइएको हो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Drop the Boss: How Multipliers Rewire Risk Perception

By Dudhauli FM
Uncategorized

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

By Dudhauli FM

La stabilité dans l’organisation du jeu footballistique

By Dudhauli FM

Регистрация 1xbet и ответственность игрока: важные аспекты

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?