By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > अपराध नियन्त्रणमा अब्बल भिमानका प्रहरी प्रमुख के.सी. ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

अपराध नियन्त्रणमा अब्बल भिमानका प्रहरी प्रमुख के.सी. ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Dudhauli FM
Last updated: असार ११, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बादाता
सिन्धुली / लागुऔषध नियन्त्रणदेखि फरार अभियुक्त पक्राउ, स्मार्ट कन्ट्रोल रुम स्थापनामा सहजीकरण तथा समुदायसँगको प्रभावकारी सहकार्यमार्फत उल्लेखनीय कार्यसम्पादन गरेका इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक राजु के.सी. (खत्री) जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित हुनु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९’ बमोजिम प्रहरी निरीक्षक के.सी.लाई २०८३ साल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानित गरेको हो। उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले उहाँलाई सम्मान तथा प्रशंसापत्र प्रदान गर्नु भएको हो ।
प्रहरी निरीक्षक के.सी.ले इलाका प्रहरी कार्यालय भिमानको नेतृत्व सम्हाल्दै सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्थानीय तहहरूसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा स्मार्ट कन्ट्रोल रुम स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।


त्यसैगरी भिमान चेकपोष्टमा सञ्चालन गरिएको विशेष अपरेसन अभियानका क्रममा १७०.०६ ग्राम खैरो हेरोइनसहित १८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन इलाका प्रमुख केसि सफल हुनु भएको थियो । विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका अभियुक्त, कारागारबाट फरार भएका व्यक्ति तथा इन्टरपोलको रेड कर्नर नोटिस जारी भएका व्यक्तिहरूलाई समेत खोजी तथा पक्राउ गर्न उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
राजमार्गमा यात्रुवाहक तथा मालवाहक सवारीसाधनको निर्वाध आवागमनमा अवरोध पुर्‍याउने गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समेत उहाँले सक्रिय भूमिका खेल्दै आउनु भएको छ । साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नागरिक सुनुवाइ, सचेतनामूलक अभियान तथा अपराध रोकथामसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएका कारण सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी निरीक्षक के.सी.ले सम्पादन गर्नु भएको कार्यको उच्च मूल्यांकन गर्दै उहाँलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो। यस सम्मानले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ।
सम्मान ग्रहणपछि प्रहरी निरीक्षक के.सी.लाई आगामी दिनमा पनि व्यावसायिक दक्षता, अनुशासन र जनसेवामुखी कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कमला बहुमुखी क्याम्पस दुधौलीमा १० दिने फोटो–भिडियो तालिम सुरु,

By Dudhauli FM

Qualitätskontrolle und Blick hinter die Kulissen bei Spielautomaten: Das BeispielGates of Olympus

By Dudhauli FM
Uncategorized

श्रम संस्कृति पार्टीको बागमती प्रदेश अध्यक्षमा सिन्धुलीका निमासिं सर्वसम्मत चयन

By Dudhauli FM

Innovating Online Casino Engagement: An Expert Perspective

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?