By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सम्झौता अवधिमै पुल निर्माण सकाउन कार्यवाहक नगरप्रमुख थारुको निर्देशन

सम्झौता अवधिमै पुल निर्माण सकाउन कार्यवाहक नगरप्रमुख थारुको निर्देशन

Dudhauli FM
Last updated: जेष्ठ २, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली / दुधौली नगरपालिका–१३ स्थित कर्था खोलामा निर्माणाधीन बादरेघाट पुल सम्झौता अवधिभित्रै सम्पन्न गर्न दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले निर्माण कम्पनीलाई कडा निर्देशन दिएका छन्।

लगातार दुई दिनदेखिको अविरल वर्षापछि ढलानको चरणमा पुगेको पुलको केही संरचना भत्किएपछि कार्यवाहक नगरप्रमुख थारुले निर्माण कार्यमा भएको ढिलासुस्ती र लापरबाहीप्रति असन्तुष्टि जनाउँदै समयमै काम सम्पन्न गर्न चेतावनी दिएका हुन्। पुलको संरचना क्षतिग्रस्त हुँदा स्थानीय नागरिकको आवतजावतमा समस्या उत्पन्न भएको छ भने लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

नगरप्रमुख थारुले निर्माण कम्पनीले गुणस्तर र समयसीमाप्रति गम्भीर बन्नुपर्ने उल्लेख गर्दै अबको काम थप जिम्मेवारीका साथ अघि बढाउन निर्देशन दिएका छन्। ग्रामीण क्षेत्रका नागरिकका लागि अत्यन्त महत्वपूर्ण मानिएको उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीयको यातायात सहज हुने, बजार, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको थियो। तर वर्षाका कारण निर्माणाधीन संरचना भत्किएपछि स्थानीयवासी चिन्तित बनेका छन्।

संघीय बजेट अन्तर्गत निर्माण भइरहेको पुलमा ६० प्रतिशत दुधौली नगरपालिकाको र ४० प्रतिशत संघीय सरकारको लगानी रहेको छ। दुधौली नगरपालिकाले रु. ४ करोड १६ लाख ८४ हजार ८ सय ५६ लागतमा साही–बीएमएम जेभी बरथहवा निर्माण कम्पनीसँग २०८१ असार १९ गते निर्माण सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल २०८३ असार १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

हालसम्म पुल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। तर निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको भन्दै स्थानीयवासीले यसअघि नै असन्तुष्टि जनाउँदै आएका थिए। वर्षायाम सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न गर्नुपर्ने माग भइरहेका बेला पुलको भाग भत्किनुले निर्माण गुणस्तर र अनुगमनमाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Metodi di pagamento più sicuri per prelievi nei casinò digitali

By Dudhauli FM

Implementazione Esperta del Filtro Spaziale Tier 2: Dalla Geolocalizzazione alla Personalizzazione Contestuale in Ambiente Italiano

By Dudhauli FM
Uncategorized

इलाका प्रहरी प्रमुख धितालको प्रभाव: दुधौलीमा शान्ति सुरक्षाको नयाँ अध्याय

By Dudhauli FM
Uncategorized

दुधौली प्रहरी तालीम केन्द्रमा ७०औं प्रहरी दिवस, २०८२ भव्यताका साथ सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?