By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीकी छोरी गुरुङ ‘५० प्रभावशाली महिला २०२६’ मा छनोट

दुधौलीकी छोरी गुरुङ ‘५० प्रभावशाली महिला २०२६’ मा छनोट

Dudhauli FM
Last updated: बैशाख २, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम.सम्वाददाता
दुधौली / सिन्धुली जिल्ला दुधौली नगरपालिकाकी सफल उद्यमी रेवती गुरुङ ‘कोक्रोमा’ ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सफल हुनु भएको छ । उहालाई OnlineKhabar ले सार्वजनिक गरेको ‘५० प्रभावशाली महिला २०२६’ को सूचीमा समावेश गरेको हो ।
दुधौली नगरपालिका–९ खिरियानीमा जन्मनु भएको गुरुङले नमुना मावि (साबिक उच्च मावि लदाभिर) बाट एसएलसी उत्तीर्ण गर्नु भएको हो । सानैदेखि जेहन्दार विद्यार्थीका रूपमा चिनिने उहा खेलकुदमा पनि उत्तिकै सक्रिय हुनु हुन्थ्यो। उच्च शिक्षाका लागि धरान पुगेर स्नातक पूरा गरेपछि उहाको जीवनका विभिन्न उतारचढावका बीच आफ्नो लक्ष्यबाट विचलित नभई अघि बढी रहनु भयो ।

करिब दुई लाख रुपैयाँको सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय आज ‘कोक्रोमा’ नामक स्थापित ब्रान्डका रूपमा विकसित भएको छ। प्रारम्भमा ‘कोक्रो’ (झोलुङ्गो) उत्पादन गर्ने उद्देश्यले नाम राखिए पनि हाल कम्पनीले अर्गानिक तथा सुती कपडाबाट बनेका बालबालिकाका लुगा, टोपी, पन्जा, मोजा, सिरानी लगायतका सामग्री उत्पादन गर्दै आएको छ।

स्थानीय बजारलाई लक्षित गरेर सुरु गरिएको व्यवसाय अहिले अन्तर्राष्ट्रिय बजारसम्म विस्तार भइसकेको छ। उहाको उत्पादनहरू अमेरिका, अस्ट्रेलिया, ताइवान लगायतका देशहरूमा निर्यात हुँदै आएका छन्।

संघर्षपूर्ण यात्रा र सफलताको कथा
विवाहपछि काठमाडौं आउनु भएको गुरुङका लागि सुरुवाती दिनहरू निकै चुनौतीपूर्ण थिए। मास्टर्स पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि पारिवारिक अवरोधका बीच उहाले अनेक कठिनाइ झेल्दै पढाइ पूरा गर्नु भयो । पद्मकन्या क्याम्पसमा अध्ययनका क्रममा उहाले होस्टेलमा बस्नका लागि आफूलाई अविवाहित भनेर चिनाउनुपरेको अनुभव पनि सुनाउँनु भयो।

आज उहाँ एकल आमाका रूपमा आफ्नो १५ वर्षीय छोरासँगै संघर्षपूर्ण जीवन पार गर्दै सफल उद्यमीको रूपमा स्थापित हुनु भएको छ ।

‘५० प्रभावशाली महिला २०२६’ मा छनोट भएपछि गुरुङले भन्नू भयो,
“यो सम्मान मेरो मात्र होइन, सचेत र दिगो भविष्य निर्माणमा विश्वास गर्ने सबैको हो। ‘कोक्रोमा’ मार्फत हाम्रो यात्रा सधैं सरलता, दिगोपन र बच्चा तथा धर्तीमैत्री ‘स्लो फेसन’ निर्माणसँग जोडिएको छ।”

उहाले आफ्नो यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, समुदाय र समर्थकप्रति कृतज्ञता व्यक्त गर्नु भएक्क छ।
गुरुङको यो सफलता कथा मेहनत, धैर्यता र दृढ संकल्पको प्रेरणादायी उदाहरण बनेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Влияние социальных сетей на ставки на спорт 1xbet

By Dudhauli FM
Uncategorized

विभिन्न कार्यक्रमको आयोजना गरी दुधौलीमा १८ औँ गणतन्त्र दिवस मनाए

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका–४ मा आजदेखि वडा कप प्रतियोगिता २०८३ सुरु

By Dudhauli FM

Video Poker Strategies and Tips for Success

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?