By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > प्रतिनिधिसभा उम्मेदवारहरूको दुधौली केन्द्रित घरदैलो अभियान तीव्र

प्रतिनिधिसभा उम्मेदवारहरूको दुधौली केन्द्रित घरदैलो अभियान तीव्र

Dudhauli FM
Last updated: फाल्गुन १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम सम्वाददाता

दुधौली / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत दुधौली नगरपालिकामा चुनावी गतिविधि उल्लेख्य रूपमा बढेको छ। निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले दुधौली केन्द्रित घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्रता दिएका छन्।

निर्वाचनको मिति आउन अब एक सातामात्र बाँकी रहँदा दुधौलीका बस्ती–बस्तीमा उम्मेदवारहरूको आवतजावत, कार्यकर्ता परिचालन तथा चुनावी नारा–पोस्टरले माहोल तताएको छ। स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवारहरूले आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्।

सिन्धुली क्षेत्र नम्बर १ का उम्मेदवारहरूले प्रारम्भमा माथिल्लो भेगका तीन वडामा केन्द्रित रहेर अभियान सञ्चालन गरेका थिए। ती क्षेत्रका घरदैलो कार्यक्रम सम्पन्न गरेपछि अहिले उनीहरू कमलाखोज तथा बेशी क्षेत्रतर्फ केन्द्रित भएका छन्।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) जस्ता स्थापित दलका उम्मेदवारहरूले संगठित ढंगले जनसम्पर्क कार्यक्रम अगाडि बढाउँदै विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। ती दलका कार्यकर्ताहरू समेत सक्रिय रूपमा परिचालन भई मतदाता फकाउने अभियानमा जुटेका छन्।

यता नयाँ शक्तिका रूपमा अघि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टी लगायतका दलहरूले फरक रणनीति अपनाएका छन्। उनीहरूले सुरुवातमै दुधौलीको तल्लो भेगमा घरदैलो कार्यक्रम सञ्चालन गरी अहिले क्रमशः पहाडी तथा माथिल्लो क्षेत्रतर्फ अभियान विस्तार गरिरहेका छन्। नयाँ दलहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा दुधौली क्षेत्रमा चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ। स्थानीय मतदाताहरू पनि उम्मेदवारका एजेन्डा, व्यवहार र विगतका कार्यसम्पादनबारे छलफल गर्दै निर्णय प्रक्रियामा सक्रिय देखिएका छन्।

फागुन २१ को निर्वाचनले दुधौलीसहित समग्र सिन्धुली क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले आगामी दिनमा यहाँको चुनावी गतिविधि अझै सघन र प्रतिस्पर्धात्मक हुने निश्चित देखिन्छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

ट्राइब्रेकरमा ५–४ को जितसँगै न्यू शिवशक्ति यूवा क्लव सेमिफाइनलमा

By Dudhauli FM

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM
Uncategorized

दुधौलीमा बाढी, एक घाइते, १० घर डुवान, प्रहरीद्वारा उद्धार

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?