By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > कांग्रेस महाधिवेशन नजिकिँदै दुधौलीमा आकांक्षीबीच कडा प्रतिस्पर्धा

कांग्रेस महाधिवेशन नजिकिँदै दुधौलीमा आकांक्षीबीच कडा प्रतिस्पर्धा

Dudhauli FM
Last updated: पुस ६, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै सिन्धुलीको दुधौली नगरपालिकामा पार्टी नेता तथा कार्यकर्ताबीच प्रतिस्पर्धा चर्किएको छ।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका स्थानीय नेता तथा पदका आकांक्षीहरू कार्यकर्तासँग भेटघाट, भोट माग्ने तथा आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन्। नगर अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका विभिन्न पदका लागि आकांक्षीहरूबीच हानाथाप सुरु भएको स्थानीय नेताहरूले बताएका छन्।

दुधौली नगरपालिकाको नगर सभापति पदका लागि मात्रै करिब १० जनाले आकांक्षा देखाएको कांग्रेस दुधौलीका नेताहरूको भनाइ छ। नगर सभापति पदका लागि पूर्णबहादुर बिष्ट (राजन), खुपेन्द्रराज भण्डारी (राजु), सबिनचन्द्र दाहाल, कृष्णचन्द्र दाहाल र केशव बरालले औपचारिक आकांक्षा सार्वजनिक गरेका छन्। त्यसैगरी दुधौली नगरपालिका–६ का वडा अध्यक्ष कमानसिं आले (बिनु), मिलन सुनुवारसहित अन्य नेताहरूले पनि नगर सभापतिमा दाबी प्रस्तुत गरेका छन्।

नगर सभापतिसँगै नगर सचिव, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि तथा अन्य विभिन्न पदहरूमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। आकांक्षीको संख्या धेरै भएकाले यस पटकको अधिवेशन दुधौलीमा रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

दुधौली नगरपालिकाका युवा नेता विश्वास साहि ठकुरीले केन्द्रले तय गरेको कार्यतालिकाअनुसार नगर, क्षेत्र तथा जिल्ला अधिवेशनहरू तोकिएको मितिमै हुनेमा आशंका नरहेको बताए।यता प्रतिसर्धामा रहेको नेताहरुका अनुसार पदमा आकक्षा राख्ने सबै नेताहरुले पदहरु पद मिलाएर लैजानु पर्ने बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार क्रियाशील सदस्यताको अन्तिम सूची पुस १४ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने छ। नेपाली जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते हुने छ भने गाउँ तथा नगर वडा अधिवेशन पुस १६ गते र गाउँ/नगरपालिका अधिवेशन पुस १७ गतेका लागि तोकिएको छ।

त्यसैगरी प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते तथा प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने तालिका छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा सम्पन्न हुने कार्यक्रम रहेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कटारीमा सडक दुर्घटना: साइकल चालक गम्भीर घाइते

By Dudhauli FM

Video Poker Strategies and Tips for Success

By Dudhauli FM

Banking Options and Limits at Greatslots Casino: A Complete Guide

By Dudhauli FM
Uncategorized

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?