By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पन्तको सरुवा स्थगन गर्न माग

दुधौली नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पन्तको सरुवा स्थगन गर्न माग

Dudhauli FM
Last updated: मंसिर २१, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली (सिन्धुली), मंसिर २२- एक समय निकै विवादमा रहेको दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तको सरुवा प्रक्रिया रोकाउन नगरपालिकाले पत्र लेखेको छ । पालिकाले प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तको सरुवा प्रक्रिया रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। नगरका प्रमुख कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारुद्वारा हस्ताक्षरित पत्र कार्तिक २७ गते मन्त्रालयमा पठाइएको हो। विभिन्न सञ्चार माध्यम र अनलाइन प्लेटफर्ममार्फत पन्तको सरुवा सम्बन्धी समाचारहरू सार्वजनिक भएपछि नगरपालिकाले औपचारिक चिठीमार्फत आफ्नो आपत्ति जनाएको हो।

नियमित सरुवा गरेको पन्तको स्थानमा चितवनको राप्ती नगरपालिका,का प्रमुख प्रशासकिय अधिकृत अम्बर बहादुर ओलिलाई सिफारिस गरिएको थियो । ओलि दुधौली नगरपालिकामा आउनको लागि रमना पत्र लिएर तयारी अवस्थामा रहदा दुधौली नगरपालिकाले मौखिक तथा लिखित रुपमै दिनेसराज पन्तको बचाउ गर्दै पत्र लेखेको छ ।
नगरपालिकाका अनुसार पन्तको कार्यसम्पादन “अत्यन्तै संतोषजनक, जिम्मेवार र निष्ठापूर्वक” रहँदै आएको , उहाँको नेतृत्वमा चालू आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढिरहेको भन्दै सरुवा भएमा नगरको विकास कार्य प्रभावित हुने नगरपालिकाको बुझाइ रहेको छ। हाल आर्थिक वर्ष २०८२/८३ का योजनाहरू कार्यान्वयनको संवेदनशील चरणमा रहेका हुँदा प्रमुख प्रशासकीय अधिकृतमा परिवर्तन हुनु उपयुक्त नहुने नगरपालिकाको तर्क छ। यसै कारण, नगरपालिकाले पन्तलाई यथास्थानमै कायम राख्न मन्त्रालयसँग अनुरोध गरेको छ। नगरपालिकाले संस्थागत स्थायित्व, सेवा प्रवाहमा निरन्तरता र विकास योजनाहरूको सफल कार्यान्वयनका लागि मन्त्रालयले सकारात्मक ध्यान दिने विश्वास व्यक्त गरेको छ। अधिकृत पन्त गत आर्थिक वर्षको अन्तिम समय असार मसान्त र नेपाली हरुको ठूलो चाडमा समेत कार्यालयमा कम आउने , आउदा पनि ढिलो आउने र कार्यपालिकाको बैठक मै मापसे गरेर आउने जस्ता आरोपमा विभिन्न संघ संस्थाले बिरोध समेत गर्दै आएको थियो ।

राष्ट्रिय तथा स्थानिय संचार माध्यमले समेत अधिकृत पन्तको कार्य सम्पादनमा खबरदार गर्दै आएको र स्थानियहरुले समेत पन्तको नियमित सरुवालई नरोक्न पालिकालाई दवाव दिदा पनि अटेर गर्नुमा स्थानियहरुले समेत संकाको दृष्टिले हेरिरहेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीका दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा सबैभन्दा कम बेरुजु, सुशासन र पारदर्शिताको नमुना

By Dudhauli FM

The Evolution of Slot Machines: From Classic Reels to Digital Innovation

By Dudhauli FM

Tucan Casino for Players Worldwide: A Guide to Regional Access

By Dudhauli FM
Uncategorized

तीनपाटन गाउँपालिकाले ल्यायो ८० करोड ६८ लाखभन्दा बढीको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?