By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > अर्थ > रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

Dudhauli FM
Last updated: फाल्गुन २०, २०८१
By Dudhauli FM
अर्थ खेलकुद बिदेश मनोरन्जन राजनीति शिक्षा स्थानिय स्वास्थ्य
Share
2 Min Read
SHARE

रौतहट :बिजेन्द्र श्रेष्ठ”युभास “

चन्द्रपुरमा रहेर लामो समय देखि बिरामीहरुको सेवामा अहोरात्र खटिनु हुने डा.सुबास कुमार चौधरी चन्द्रपुर बासिहरु माझमा परिचित नाम हो वहाको चन्द्रपुर हस्पिटल प्रा.लि.ले संचारकर्मी फणिदेव महतलाई आर्थिक सहयोग गरेको छ ।

आज एक कार्यक्रमका वीच संचारकर्मी फणिदेव महतलाई नगद ५० हजार सहित आजीवन चन्द्रपुर हस्पिटल प्रा.लि.बाट उपलब्ध हुने सेवा निशुल्क प्रदान गर्ने घोषणा समेत गर्नु भएको छ।विगत २ बर्षदेखि ब्रेनट्युमर रोगबाट पीडित पत्रकार महतलाई चन्द्रपुर हस्पिटल प्रा.लि.मा कार्यरत कर्मचारी,डाक्टर सहितको टिमले एक दिनको तलव बराबरको सहयोगबाट संकलित रकम अस्पतालका संचालक डा. सुवास चौधरीले संचारकर्मी फणिदेव महतलाई हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा बरिष्ठ पत्रकार शिव पुरीले चन्द्रपुर हस्पिटल प्रा.लि.ले गरेको मानवीय सेवाको लागि समाजमा उदाहरणीय रहेको बताउनुभयो । उहाले चन्द्रपुर हस्पिटल प्रा.लि.ले सदैव असहाय,गरीव,समस्यामा परेकोहरुलाई सहयोग गर्दै आएकोले पनि समाजले उक्त हस्पिटललाई हेर्ने दृष्टिकोण सकरात्मक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पत्रकारिता मार्फत समाजलाई ठूलो योगदान गरेकै परिणाम आज फणिदेव महतलाई समाजले समेत सहयोग गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार यादवराज पुरीले चन्द्रपुर हस्पिटलले हरेक समस्यामा परेको व्यक्तिहरुलाई सकेको सहयोग गरेको बताउनु भयो । कार्यक्रममा संचारकर्मी फणिदेव महतले आफुलाई विगतका दिनमा समेत चन्द्रपुर हस्पिटलले गरेको सहयोगको उच्च प्रशंसा गर्नुहुदै आज गरेको सहयोगको लागि आभार प्रकट गर्नुभयो ।

यस अघिपनी विभिन्न कार्यक्रममा चन्द्रपुरमा रहेको संचारकर्मी तथा हस्पिटलका संचालक,कर्मचारीहरुको सहभागिता रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा संचारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने आउदो दिनहरुमा पनि अस्पतालको तर्फबाट विभिन्न यस्ता खाले कार्यक्रमहरु गरेर समाजमा अप्ठ्यारोमा परेका र दिन दुखीहरुको सेवामा अस्पताल लागी पर्ने जानकारी गराउनुभयो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीका खेलाडीलाई सम्मान महिला फुट्बल गोल्ड्कप हुने

By Dudhauli FM
शिक्षास्थानिय

सिन्धुलीको दुधौलीमा विश्व क्षयरोग दिवस २०२५ मनाइयो

By Dudhauli FM

दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा स्वास्थ्य शिबिर सम्पन्न १४८० जनाले सेवा पाए

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?