By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न, बालमैत्री योजना निर्माणमा जोड

दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न, बालमैत्री योजना निर्माणमा जोड

Dudhauli FM
Last updated: जेष्ठ १३, २०८३
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली / सिन्धुलीको दुधौलीमा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा बालबालिका तथा किशोरीहरूको आवाज समेट्ने उद्देश्यसहित पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न भएको छ।

दुधौली नगरपालिका को आयोजना तथा ह्याण्डस नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका ७ वटा वडाबाट बाल क्लब तथा किशोरी क्लबका ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी बालबालिका तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, किशोरी सुरक्षा, विद्यालय व्यवस्थापन, मानसिक स्वास्थ्य, बालमैत्री वातावरण, लैंगिक हिंसा न्यूनीकरण, सरसफाइ तथा बाल संरक्षणलगायतका विषयमा आफ्ना समस्या, आवश्यकता तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालमैत्री र किशोरीमैत्री योजनाहरूलाई प्राथमिकतामा राख्न स्थानीय सरकारसँग माग गरेका थिए।

भेलाबाट विद्यालयमा सुरक्षित तथा बालमैत्री वातावरण निर्माण, किशोरीहरूका लागि स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको व्यवस्था, बाल क्लब तथा किशोरी समूहको सशक्तीकरण, बाल अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन, विद्यालयमा दिवा खाजा तथा सरसफाइ व्यवस्थापन, बालमैत्री शौचालय निर्माण, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि तथा बाल सहभागिता प्रवर्द्धनसम्बन्धी योजनाहरू समेटिएको मागपत्र तयार गरी कार्यवाहक नगर प्रमुखलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किश्वार थारु ले बालबालिका तथा किशोरीहरूको सक्रिय सहभागिता समावेशी र उत्तरदायी स्थानीय शासन निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले बालबालिकाले उठाएका सवाल तथा सुझावहरूलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५, बाल अधिकारसम्बन्धी महासन्धि तथा बालमैत्री स्थानीय शासनसम्बन्धी राष्ट्रिय मापदण्डको भावनाअनुसार बाल सहभागिता सुनिश्चित गर्नु स्थानीय तहको दायित्व भएको उल्लेख गर्दै बाल अधिकार संरक्षण र प्रवर्द्धनका क्षेत्रमा नगरपालिका थप सक्रिय भएर अघि बढ्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी बाल क्लब तथा किशोरी क्लबका प्रतिनिधिहरूले आफ्नो आवाज प्रत्यक्ष रूपमा स्थानीय तहसम्म पुर्‍याउने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए। उनीहरूले बालबालिका तथा किशोरीका मुद्दाहरूलाई योजनाबद्ध रूपमा सम्बोधन गर्न सके समुदायस्तरमै सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै कार्यवाहक नगर प्रमुख थारुले बालबालिका तथा किशोरीहरूले प्रस्तुत गरेका योजना, सुझाव तथा मागहरूलाई नगरपालिकाले गम्भीरतापूर्वक ग्रहण गर्दै कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीमा बिल नभएको ४१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

By Dudhauli FM
Uncategorized

बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्रद्वारा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?