By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको दुधौली,कमलाखोज क्षेत्रमा तोरी उत्पादन घट्दा किसान चिन्तित

सिन्धुलीको दुधौली,कमलाखोज क्षेत्रमा तोरी उत्पादन घट्दा किसान चिन्तित

Dudhauli FM
Last updated: फाल्गुन १६, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एफ.सम्वादाता

सिन्धुली / दुधौली नगरपालिका अन्तर्गत कमलाखोज क्षेत्रमा यस वर्ष हिउँदे तोरी उत्पादनमा उल्लेख्य गिरावट आएको छ। विगतका वर्षहरूको तुलनामा यस पटक उत्पादन घटेपछि स्थानीय किसानहरू निराश बनेका छन्।

स्थानीय कृषकहरूका अनुसार हिउँदको समयमा पर्याप्त वर्षा नहुनु र तोरीमा फूल खेल्ने संवेदनशील समयमा बाक्लो हुस्सु लाग्नु उत्पादन घट्नुका मुख्य कारण हुन्। कमलाखोज क्षेत्रका पहाडी भेगदेखि तलका समथर फाँटसम्म तोरी खेती प्रभावित भएको किसानहरूको भनाइ छ।

दुधौली ९ खिरियानी का कृषक यज्ञ बहादुर भट्टराईका अनुसार, “अघिल्ला वर्षहरूमा तोरीबाट राम्रो उत्पादन भएर घरमै तेल पेलेर वर्षभरि उपभोग गर्थ्यौं। तर यस वर्ष बोटमा राम्रोसँग दाना नै लागेन, उत्पादन आधाभन्दा कम भयो।”

गत वर्ष हिउँदमा समयमै पानी परेकाले उत्पादन सन्तोषजनक रहेको उनले स्मरण गरे। तर यस वर्ष हिउँदभरि पानी नपर्दा पाखो बारी तथा पाखे खेतमा लगाइएको तोरी सिँचाइ अभावका कारण सुक्न पुगेको किसानहरूको गुनासो छ। सिँचाइको स्थायी व्यवस्था नहुँदा वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

रामेछाप नगरपालिका का कृषि प्राविधिक कृष्ण भुजेलका अनुसार, “पानी अभावका कारण धेरै ठाउँमा तोरीको बोटमा दाना नै लागेन। विशेष गरी पाखो जमिनमा लगाइएको तोरी सिँचाइ नपाउँदा सुक्ने अवस्था आयो।” उनका अनुसार हुस्सुका कारण फूलबाट दाना बन्ने प्रक्रियामा पनि असर परेको देखिएको छ।

तोरी यस क्षेत्रका किसानहरूको मुख्य नगदे बालीमध्ये एक हो। उत्पादन घटेसँगै घरायसी उपभोगका लागि तेल अभाव हुने र बजारबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था आउन सक्ने किसानहरूको चिन्ता छ।

स्थानीय किसानहरूले सिँचाइ पूर्वाधार विस्तार, जलसञ्चय पोखरी निर्माण तथा समयमै कृषि प्राविधिक परामर्शको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कृषि क्षेत्रमा बढ्दो जलवायु असन्तुलनको असर कम गर्न दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Den ökande populariteten av vikingainspirerade slotspel: En djupdykning

By Dudhauli FM
Uncategorized

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

By Dudhauli FM
Uncategorized

दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

By Dudhauli FM

Нужен доступ? Используйте 1xbet зеркало сайта для входа на официальный сайт

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?