By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

Dudhauli FM
Last updated: अशोज ३१, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

सिन्धुली — नेपालका दुई प्रमुख राजमार्ग, बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा सवारी चलाउने अधिकांश चालकमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या देखिएको छ। नेपाल प्रहरी ट्राफिक कार्यालय दुधौली, इलाका प्रहरी कार्यालय दुधौली र दुधौली नगरपालिका–१० सिर्जनानगरको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रममा यस्तो तथ्य पाइएको हो।

नेपालको पूर्वी भेगबाट संघीय राजधानी काठमाण्डौ पुग्ने सबैभन्दा छोटो र छिटो बाटो मानिने यी राजमार्गहरूमा लामो समयसम्म सवारी चलाउने चालकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको देखिएको हो। कार्यक्रममा सहभागी चालकहरूको स्वास्थ्य परीक्षण गर्दा करिब ५० प्रतिशतभन्दा बढी चालकमा उच्च रक्तचाप पाइएको दुधौली नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार शर्माले जानकारी दिनुभयो। साथै, केही चालकहरूमा दृष्टि कमजोर हुने समस्या पनि देखिएको थियो।

ट्राफिक प्रहरी पोष्ट दुधौलीका इन्चार्जका अनुसार, बिहानी समयमा पूर्वतर्फबाट काठमाण्डौ गइरहेका सवारी साधनका चालकहरूलाई लक्षित गरी जाँच गरिएको हो। काठमाण्डौबाट फर्कने सवारी साधन त्यसबेला आइपुगेका थिएनन्। पछिल्ला वर्षहरूमा बीपी र मदनभण्डारी राजमार्गमा सवारी दुर्घटनाहरू बढ्दै गएको भन्दै चालकहरूको स्वास्थ्य अवस्था र सतर्कता जाँचका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताइएको छ।

कार्यक्रममा चालकहरूलाई रक्तचाप, सुगर, तापक्रम परीक्षणसँगै सडक सुरक्षा, ट्राफिक नियम, संकेत चिह्न, र दुर्घटना रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा कर्था आधारभूत स्वास्थ्य केन्द्र र प्रयाग अधिकारी हेल्थ केयर प्रा.लि. दुधौलीको विशेष सहयोग रहेको थियो।

स्वास्थ्य टोलीले सहभागीहरूलाई प्राथमिक उपचार, परामर्श र सचेतना प्रदान गरेको थियो। स्थानीय बासिन्दा, विद्यार्थी र सामाजिक अगुवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा, स्थानीय जनप्रतिनिधि र प्रहरी अधिकारीहरूले चालकहरूको स्वास्थ्य र जागरुकता सुदृढ बनाउने यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। दुधौलीका चालकहरूले पनि यस्तो पहललाई सराहना गर्दै स्वास्थ्य जाँच र ट्राफिक सचेतना कार्यक्रमले उनीहरूलाई सुरक्षित सवारी सञ्चालनमा मद्दत गर्ने बताएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

जेन्जी आन्दोलन, निः बर्तमान मेयर राउतको आत्ममन्थन : ‘अब जनतासँग झुक्न सिक्नुपर्छ’

By Dudhauli FM
Uncategorized

११औं महाधिवेशनबाट विजयी नेतृत्वलाई ईश्वर पोखरेलको बधाइ तथा शुभकामना

By Dudhauli FM

Pinco kazino Azərbaycan — bonuslar 2025

By Dudhauli FM
Uncategorized

कमला बहुमुखी क्याम्पसको व्यवस्थापन समिति चुनाव शनिबार हुने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?