By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका किसान सहुलियतपूर्ण मलको अभावमा पीडित, कालोबजारी मौलाउँदै

दुधौलीका किसान सहुलियतपूर्ण मलको अभावमा पीडित, कालोबजारी मौलाउँदै

Dudhauli FM
Last updated: साउन २६, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE


प्रतिमा दियाली
दुधौली, सिन्धुली — सावनको पहिलो सातादेखि सामान्यतया धानको गोडमेल सुरु हुन्छ। यस समयमा धानको बिसानलाई युरिया मलको अत्यावश्यक आवश्यकता पर्छ। तर सावनको अन्तिम साता पुगिसक्दा पनि दुधौली नगरपालिकाले किसानलाई सहुलियत दरमा मल वितरण नगरेपछि किसानहरू मारमा परेका छन्।

समयमै आवश्यक मल नपाउँदा धान बाली उत्पादनमा ठूलो असर पर्ने देखिएको छ। केही समयअघि पानी नपरेर प्रकृतिले ठगेको किसानलाई अब सहुलियतपूर्ण मलको अभावले दोहोरो मार परेको छ।

एकातिर सरकारले समयमा मल नपठाएको गुनासो छ भने अर्कातर्फ बजारमा कालोबजारीमार्फत महँगो मूल्यमा मल खुलेआम बिक्री भइरहेको छ। सामान्यतया प्रतिबोरा १०–११ सय पर्ने युरिया मल किसानहरूले बजारमा १८ सयदेखि २ हजार रुपैयाँ तिरेर खरिद गर्न बाध्य छन्।

नगरपालिकाका अनुसार, पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले समयमा मल पठाएको छैन। कृषि सामग्री कम्पनीले पठाउनु पर्ने ७० प्रतिशत र साल्ट ट्रेडिङले पठाउनु पर्ने ३० प्रतिशत मल अझै आएको छैन। हालसम्म डिएपी मलको ४ सय बोरा आएको भए पनि युरिया मलको एक बोरा समेत आएको छैन।

यता, किसानहरू बजारमा कालोबजारीको मारमा परिरहेका छन्। व्यापारीहरूले उदयपुरलगायत अन्य स्थानबाट मल ल्याएर महँगो दरमा बेच्ने गरेको स्थानीयले बताएका छन्। सहुलियतपूर्ण मल नपाउँदा किसानहरू महँगो मूल्य तिरेर पनि उत्पादन गर्न बाध्य छन्।

स्थानीय किसान प्रिन्स पर्वतले सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश पोख्दै लेखेका छन् — “बजारमा डिएपी मल ३५०० र युरिया २२०० रुपैयाँ पुगिसक्दा पनि सहुलियत मल पाएको छैन। साझपख ३५० रुपैयाँ पसेरी डिएपी र २२० रुपैयाँ पसेरी युरिया ल्याउनु परेको छ। यस्तो अवस्थामा सरकारले के गर्छ?”

सयौं किसान अहिले कालोबजारीकै भरमा खेती गरिरहेका छन्। नगरपालिकाले जानकारी दिएको अनुसार, गत वर्ष ८ सय बोरा युरिया आएको थियो र यस वर्ष पनि त्यत्तिकै कोटा आउनेछ। तर प्रदेश सरकारबाट ढिलाइ हुँदा वितरण प्रभावित भएको हो।

दुधौली–४ डकाहास्थित कमला बढी मल जाने नगदे बाली कृषि सहकारी र दुधौली–९ स्थित सिर्जना कृषि सहकारीलाई मल वितरणको जिम्मा दिइएको छ। यी सहकारीमार्फत नगरभरि अन्य सहकारीलाई मल पुर्‍याउने गरिन्छ। तर मल नै नआएपछि सहकारीहरू पनि असहाय बनेका छन्।

किसानहरूका अनुसार, सरकारको उदासिनता र अनुगमनको कमजोरीका कारण कालोबजारी मौलाएको हो। सरकारले सहुलियत दरमा उपलब्ध गराउने मल समयमै किसानसम्म पु¥याउनुपर्ने उनीहरूको माग छ।

यदि चाँडै मल नआए उत्पादनमा गम्भीर असर पर्ने र अन्ततः मुलुककै खाद्य सुरक्षामा चुनौती आउने किसानहरूको चेतावनी छ। दुधौलीका किसान एकराज निरौलाले भने, “सहुलियतपूर्ण मलको अभावमा कालोबजारी मौलिनु अस्वीकार्य हो। यस्तो रोक्न स्थानीय सरकारले पहिलो जिम्मेवारी लिनुपर्छ, अन्यथा यसको परिणाम भयावह हुनेछ।”

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीको तीनपाटनमा मगर समुदायको चाड माघे सङ्क्रान्ति भव्य रूपमा सम्पन्न

By Dudhauli FM
Uncategorized

नेपाली काँग्रेस दुधौलीको नगर स्तरीय भेला सम्पन्न, शिर्सष्त नेता–कार्यकर्ता काँग्रेस पार्टी प्रवेश,

By Dudhauli FM

The Eye of Horus: A Timeless Compass and Journey Symbol

By Dudhauli FM

Keno Strategies and Tips for Success

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?