By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

Dudhauli news, @online khabar,

Dudhauli FM
Last updated: असार १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

जिविका माझी, प्रशिक्षार्थी पत्रकार

सिन्धुली / सिन्धुली जिल्लाका सामुदायिक विद्यालयहरू पछिल्लो समय भौतिक संरचनाका हिसाबले धेरै अगाडि बढेका छन् । विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण भएका भूकम्प प्रतिरोधी सुविधासम्पन्न भवनहरूले विद्यालयहरूको रूपान्तरण त देखिएको छ, तर सञ्चालनमा भने अनेकौं समस्या देखिएका छन् ।

विद्यालयहरूमा आलिसान भवन निर्माण भए पनि दैनिक सञ्चालनका लागि आवश्यक खर्च जुटाउन हम्मेहम्मे परेको छ । विशेष गरी विद्युत महशुल तिर्न नसक्ने अवस्था सिर्जना भएपछि कतिपय विद्यालयहरू अस्तव्यस्त बन्दै गएका छन् ।

शिक्षाको सुविधा छ, तर सञ्चालन खर्चमा समस्या
नयाँ भवन निर्माणसँगै कक्षा सञ्चालन, ICT उपकरण प्रयोगजस्ता गतिविधि सहज भएका छन् । तर, यिनै उपकरण र विद्युतिय सामग्रीको प्रयोगले विद्यालयमा मासिक २५ देखि ३० हजार रुपैयाँसम्म विद्युत महसुल आउन थालेको छ, जसलाई तिर्न विद्यालयहरू असमर्थ बनेका छन् ।

सरकारी बजेट हात्तीको मुखमा जिरा
सरकारले सामुदायिक विद्यालयहरूलाई कार्यलय सञ्चालन खर्च शीर्षकमा केही रकम छुट्याए पनि त्यो पर्याप्त नभएको विद्यालयहरूको गुनासो छ ।

  • प्रारम्भिक तहका विद्यालयलाई रु १५,०००
  • आधारभूत तहलाई रु २०,०००
  • माध्यमिक तहलाई रु २५,०००

प्रति वर्ष उपलब्ध गराउने गरे पनि यो रकम विद्युत महशुल, ICT सामग्री मर्मतजस्ता आवश्यकताका लागि अत्यन्तै न्यून भएको बताइएको छ ।

भवन संरक्षण र साख जोगाउन चुनौती
सामुदायिक विद्यालयहरू आधुनिक संरचना भएपछि विद्यार्थी र शिक्षकलाई पठनपाठनमा सहजता भएको छ । तर, भवनको संरक्षण, सामग्रीको मर्मत र सेवा उपयोगपछिको खर्च ब्यहोर्न नसक्दा विद्यालय प्रशासन चिन्तित बनेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरू भन्छन्, “हामीकहाँ भवन त बने, तर त्यसको मर्मत, विजुली महसुल, सामग्री सञ्चालनको खर्च चालु राख्न निकै कठिन भएको छ । बजेट नपुगेर शैक्षिक गुणस्तरमा समेत असर पर्ने अवस्था आउन सक्छ ।”

सुविधासम्पन्न भवन निर्माणले शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पारेको भए पनि, त्यसको सञ्चालन र व्यवस्थापनमा आइरहेको आर्थिक चुनौती समाधान नगरी शिक्षाको गुणस्तरमा दीर्घकालीन सुधार सम्भव देखिँदैन । स्थानीय सरकार तथा सम्बन्धित निकायले विद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारसँगै दिगो बजेट व्यवस्थापनमा ध्यान दिनु अपरिहार्य भएको देखिन्छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कार्यवाहक नगरप्रमुख थारुको कडा निर्देशनपछि बादरेघाट पुल निर्माणले लियो तीव्रता

By Dudhauli FM
Uncategorized

दशैंको पहिलो दिन घटस्थापना, दुधौली–९ को दुर्गा मन्दिरमा जमरा राखियो

By Dudhauli FM
Uncategorized

११औं महाधिवेशनबाट विजयी नेतृत्वलाई ईश्वर पोखरेलको बधाइ तथा शुभकामना

By Dudhauli FM
Uncategorized

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?