By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीको वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न दुधौली

दुधौलीको वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न दुधौली

Dudhauli FM
Last updated: असार १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

एफ.एम. सम्बाददाता

दुधौली , असार १४

— नागरिकको सवाल, जनप्रतिनिधिको जवाफ भन्ने मूल नारासहित दुधौली नगरपालिकाको वडा नम्बर १३, सिन्धुलीमा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

दुधौली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दीपक खड्काको सभा अध्यक्षता तथा दुधौली नगरपालिकाकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारूको प्रमुख आतिथ्ययतामा कार्यक्रमको आयोजना भएको थियो । यसै गरी दुधौली नगरको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध निरौला, कृषि शाखा प्रमुख सिता खतिवडा, योजना शाखाका प्रमुख अमृता खड्डा लगायत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

सहभागिता, उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नागरिकहरुले जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न विकास निर्माण कार्य, सेवा प्रवाह, बजेट उपयोगिता लगायत विषयमा प्रश्न उठाएका थिए । दुधौली नगरपालिकाको वडा नम्बर १२, १३ र १४ का स्थानीयहरूलाई सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको , सडक, शिक्षा, खानेपानी र स्वास्थ्यको समस्याको विषयमा प्रश्नहरु आएको थियो ।

कार्यक्रममा आएको प्रश्न उत्तर सम्बन्धित सरोकारवाला शाखाका प्रमुख साथै कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारूले दिनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरूले नागरिकका जिज्ञासाको जवाफ दिँदै नगरपालिकाले अघि सारेका योजनाहरू, चुनौतीहरू र भावी वाक्ययोजनाका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम दुधौली नगरपालिकाको आयोजनामा र कमलाखोज मिडिया प्रा.लि., दुधौली सिन्धुलीको सहकार्यमा सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत नागरिक र स्थानीय सरकारबीचको आपसी समझदारी, जवाफदेहिता र पारदर्शितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकालाई नेकपा एमालेको ध्यानाकर्षण, समस्याको तत्काल समाधान गर्न माग

By Dudhauli FM
Uncategorized

दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

By Dudhauli FM
Uncategorized

दुधौली प्रहरी तालीम केन्द्रमा ७०औं प्रहरी दिवस, २०८२ भव्यताका साथ सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?