By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

दुधौलीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

Dudhauli FM
Last updated: असार ४, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, असार ४,

दुधौली नगरपालिका–११ मरघट्टीकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। ममता सुनुवार नाम गरेकी ८ वर्षीया बालिका सोमबार साँझ घर नजिकै रहेको सानोचौरी दुईधारा संस्थाद्वारा सिँचाइको लागि खनिएको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। साँझ करिब ४ बजे ममता पोखरीमा पौडी खेल्ने क्रममा डुबेकी थिइन्। सोही समयमा पानी लिन जाँदै गरेका रामबहादुर सुनुवारका १२ वर्षीय छोरा संगम सुनुवारले उनलाई डुबिरहेको देखेपछि तत्काल पोखरीबाट निकालेर ममताका ठुलोबुबा खेलमान सुनुवारलाई खबर गरेका थिए।

उपचारका लागि कटारी नगरपालिका स्थित कटारी अस्पताल, उदयपुर पुर्‍याइएको थियो। तर अस्पताल पुर्‍याइएलगत्तै साँझ ५:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी दुधौलीबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि) बिरेन्द्र गिरीको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो। शवलाई पोष्टमार्टमका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ। उक्त घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक (प्र.नि) सिमोन धितालको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी दुधौलीबाट करिब १५ किलोमिटर पश्चिम तथा इलाका प्रहरी कार्यालय डकाहाबाट २० किलोमिटर पूर्वदक्षिणमा पर्छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Implementazione Esperta del Filtro Spaziale Tier 2: Dalla Geolocalizzazione alla Personalizzazione Contestuale in Ambiente Italiano

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका वडा नं. ६ मा विकास निर्माण कार्यले तिव्र गति लियो

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

शिक्षक आन्दोलनमा दुधौलीका शिक्षक अग्रपंक्तिमा, फोटो फिचर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?