दुधौली एफ.एम. सम्वाददाता
सिन्धुली, जेष्ठ २७ – बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा आजपरिचयत्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तालिम केन्द्रको नेतृत्व सम्हाल्नको लागि भखरै आउनु भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले स्थानिय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, पत्रकार तथा अन्य सरोकारवालाहरूसँग विविध विषयमा सम्वाद तथा अन्तरक्रिया गर्नु भएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक ढकालले परिचय संगसंगै बिपत व्यवस्थपनको पूर्व तयारी तथा सम्भावित बिपद जोखिमका मुख्य स्थानहरुको बारेमा शुक्ष्म तरिकाले जानकारी लिनु भएको थियो । मनसुन सुरु भएसँगै देखिन सक्ने सम्भावित जोखिमहरू न्यूनिकरण गर्न आवश्यक सुरक्षा रणनीतिहरूबारे छलफल गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विपद्का पूर्वतयारी, सुरक्षाको समन्वय र समुदायस्तरमा सचेतना अभिवृद्धि लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो । उपस्थित सहभागिहरुले दिएको सुझवमा तथा सल्लाहा पश्चात प्रहरी वरिष्ठ उपरीक्षक ढकालले प्रहरी तालिम केन्द्र एक उचित जनशक्ति उत्पादन गर्ने बिद्यालय मात्र नभई सामाजिक एत्तरदायित्व भित्रको बिभिन्न कार्य गरी तालिम केन्द्रबाट उत्पादन भएका जनशक्तिलाई व्यववहारीक बनाउनु पनि कर्तव्य रहेको बताउनु भयो ।
कार्यक्रमले स्थानीय तह र सुरक्षा निकायबीच समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको सहभागिहरुको भनाई रहेको छ ।
