By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई वित्तीय साक्षरता तालिम

दुधौलीमा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई वित्तीय साक्षरता तालिम

Dudhauli FM
Last updated: असार ९, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम. सम्बाददाता

दुधौली/ सिन्धुलीको दुधौली नगरपालिकामा सहकारी क्षेत्रका पदाधिकारी तथा कर्मचारीहरूलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ।

सिर्जना कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा दुधौली नगरपालिकाको सभाहलमा आयोजित तालिम कार्यक्रम संस्थाका अध्यक्ष पूर्णबहादुर खत्रीको सभाध्यक्षता तथा दुधौली नगरपालिकाका नगर प्रवक्ता दीपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ।

दुधौली नगरपालिका भित्र रहेका ३० वटा सहकारी संस्थाबाट सञ्चालक समितिका एक जना प्रतिनिधि र एक जना कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो। तालिममा वित्तीय साक्षरताको परिचय, यसको लक्ष्य, उद्देश्य र महत्व, बचतको अवधारणा तथा बचतका फाइदा, ऋण लिँदा ध्यान दिनुपर्ने विषय, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण तथा आम्दानी–खर्च व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै सहकारी सम्बन्धी ऐन, नियम तथा कानुनी व्यवस्थाबारे समेत जानकारी गराइएको थियो।

समापन कार्यक्रममा सहभागी होमकुमारी ठकुरीले तालिम प्रभावकारी रहेको बताउँदै सिकेका ज्ञान र सीपलाई आफ्नो सहकारीमा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले यस्ता तालिमलाई अझै लामो अवधि, प्रयोगात्मक अभ्यास तथा फिल्ड भिजिटसहित सञ्चालन गर्न सके सहभागीहरूका लागि थप उपयोगी हुने धारणा राखिन्।

कार्यक्रमका वक्ताहरूले सहकारी संस्थाको दिगो विकास, वित्तीय अनुशासन तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहने बताएका थिए। आयोजक संस्थाले सहकारी क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

A Beginner’s Guide to Withdrawals at Gamblezen Casino

By Dudhauli FM

Проблемы входа при ставках на спорт 1xbet: Причины и решения

By Dudhauli FM
Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM

Wie gut ist die Benutzererfahrung bei Dragonia Casino im Vergleich?

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?