By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > जगाडी,धनसरी,गणेशमान,चारनाथ सडकमा कालोपत्रे सुरु, काम तीव्र गतिमा

जगाडी,धनसरी,गणेशमान,चारनाथ सडकमा कालोपत्रे सुरु, काम तीव्र गतिमा

Dudhauli FM
Last updated: बैशाख २, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एफ.सम्वाददाता

दुधौली / बागमती प्रदेशअन्तर्गत सिन्धुली जिल्लाका जगाडी, धनसरी, गणेशमान र चारनाथ नगरपालिकालाई जोड्ने महत्त्वपूर्ण सडक आयोजनाअन्तर्गत कालोपत्रे (ब्ल्याकटप) कार्य सुरु गरिएको छ। निर्माण सुरु भएको केही महिनामै निर्माण कम्पनीले कालोपत्रे प्रक्रिया अघि बढाएको हो।

हाल दुधौली नगरपालिका–११ स्थित सिरिपुरदेखि टाडी सडक खण्डमा कालोपत्रे कार्य सुरु गरिएको निर्माण पक्षले जनाएको छ। ग्रामीण सम्पर्क सुधार आयोजना (Rural Connectivity Improvement Project – RCIP) अन्तर्गत निर्माण भइरहेको उक्त सडकमा स्तरोन्नतिसँगै कार्यसम्पादनमा आधारित मर्मतसम्भारसमेत गरिनेछ।

स्थानीयका अनुसार छोटा तथा ठूला खहरेका कारण निकै जोखिमपूर्ण र कठिन मानिने यस सडक खण्डमा निर्माण कार्य सुरु भएसँगै अहिले तीव्र गतिमा काम अघि बढिरहेको छ। कुल १६ किलोमिटर लम्बाइ रहेको सडक मध्ये हालसम्म करिब ९ किलोमिटर स्तरोन्नति सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयमार्फत सञ्चालन गरिएको यस आयोजनाको सम्झौता २०८१ कात्तिक १५ गते गरिएको थियो। सम्झौताअनुसार ३६५ दिनभित्र निर्माण कार्य सम्पन्न गरी त्यसपछि ७३० दिनसम्म कार्यसम्पादनमा आधारित मर्मतसम्भार गरिनेछ।

आयोजनाको कुल लागत ३३ करोड ४६ लाख ३८ हजार ८ सय २६ रुपैयाँ ३९ पैसा रहेको छ, जसमा भ्याट तथा प्रोभिजनल रकमसमेत समावेश गरिएको छ। निर्माणको जिम्मा ललितपुरस्थित एम/एस दिवा पाण्डे एण्ड कम्पनीले पाएको छ। सडक निर्माण सम्पन्न भएपछि दुधौली क्षेत्रका बासिन्दालाई यातायात, व्यापार तथा सेवा–सुविधामा उल्लेखनीय सहजता हुने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

कमला बहुमुखी क्याम्पस दुधौलीमा १० दिने फोटो–भिडियो तालिम सुरु,

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा ‘स्मार्ट प्रहरी कन्ट्रोल रुम’ सञ्चालन,सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य

By Dudhauli FM

Tucan Casino for Players Worldwide: A Guide to Regional Access

By Dudhauli FM

Metodi per aumentare le probabilità di successo su Reactoonz 2 senza rischi eccessivi

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?