दुधौली एफएम सम्बाददाता
कटारी — श्रम, संस्कृति पार्टी कटारी नगर कमिटीको आयोजनामा २०८२ पौस १३ गते आइतबार कटारीमा आयोजना हुने आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टीको संगठन विस्तार, श्रम र संस्कृतिको संरक्षण, सुशासन तथा समसामयिक राजनीतिक मुद्दामा जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आमसभा आयोजना गरिएको कटारी नगर कमिटीले जनाएको छ। आमसभामा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको समेत सहभागिता रहनेछ।
आयोजकका अनुसार आमसभाले श्रम संस्कृति पार्टीको नीति, कार्यक्रम र भावी राजनीतिक दिशा स्पष्ट पार्ने विश्वास लिइएको छ।
