By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > लामो खडेरीपछि दुधौलीमा वर्षा, किसान हर्षित

लामो खडेरीपछि दुधौलीमा वर्षा, किसान हर्षित

Dudhauli FM
Last updated: साउन ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. संवाददाता
दुधौली, सिन्धुली – लामो समयको खडेरीपछि दुधौली क्षेत्रमा वर्षा भएको छ, जसका कारण स्थानीय किसानहरूमा खुसी छाएको छ। आइतवार दिउँसो परेको पानीले कमलाखोंच र आसपासका क्षेत्रका कृषकहरूलाई राहत मिलेको हो।

धान रोपाइँका लागि आवश्यक पानी नपाउँदा चिन्तित किसानहरू वर्षासँगै उत्साहित भएका छन्। दुधौली–११ सिरिपुरका कृषक परशुराम काफ्ले भन्छन्, “लामो समयदेखि पानी नपर्दा जमिन बाझै बस्ने अवस्था आएको थियो। आज वर्षा भएपछि ढिलै भए पनि बचेको धान रोप्न पाइने भयो।”

खडेरीका कारण धान रोपाइँ गर्न तयार खेत चिरा परेर सुकेको थियो। साथै, तयार गरेको धानको बेर्ना समेत सुक्न थालेको किसानहरूको अनुभव छ। यस वर्ष सिन्धुली जिल्लामा समयमै रोपाइँ हुन नसकेको तर आजको वर्षासँगै खेतबारीमा हरियाली फर्किने आशा जागेको दुधौली–१० का कृषक चुक्त बहादुर कार्कीले बताए।

पानीसँगै मौसममा आएको शीतलताले पनि स्थानीयहरूलाई राहत दिएको छ। अब किसानहरू धान रोपाइँका तयारीमा जुट्न थालेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM

Tecnologie innovative nei casinò online senza registrazione: cosa aspettarsi

By Dudhauli FM

Mobile vs Desktop Gaming: Which is Better?

By Dudhauli FM
Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?