दुधौली एफ.एम सम्वाददाता
दुधौली, सिन्धुली २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुधौलीले वडा–वडामा संगठन विस्तारको अभियान तीव्र बनाएको छ । लामो समय निष्क्रियजस्तै देखिएको नगर समिति पुनः सक्रिय बनेसँगै पार्टीले नगरका विभिन्न वडामा भेला तथा समिति गठनको कार्य अघि बढाएको छ ।

रास्वपा दुधौली नगर अध्यक्ष विजय कार्कीका अनुसार, वडास्तरमा संगठन विस्तारमार्फत पार्टीले नयाँ ऊर्जा पाएको छ । उनका अनुसार, ग्रमिण पालिकामा नयाँ पार्टीको गठन पश्चात कार्यक्रम तथा नतिजा मुखि कार्यक्रम नभएको भन्ने जनगुनासो बडिरहको अवस्थामा स्थानीय स्तरमै जनसंगठन सुदृढ पार्न र जनसम्पर्क बढाउन र संगटनलाई मजबुत बनाउन यो अभियान थालिएको सभापति कार्कीले बताउनु भयो ।
रास्वपा दुधौलीमा हालसम्म गठन भएका वडास्तरीय समितिका नव निर्वाचित वडा सभापतिहरुमा वडा नं १ मा रामकुमार घिमिरे, वडा नं ३ मा शान्ती प्रसाद अधिकारी, वडा नं ४ मा धुर्ब प्रसाद पहाडी, वडा नं ७ मा नेग बहादुर पौडेल खत्री, वडा नं १० मा ताराकुमार श्रेष्ठ सर्व सम्मत चयन हुनु भएको छ ।

नव निर्वाचित सबै वडा सभापतिहरू सर्वसम्मत रूपमा चयन गरिएको नगर सचिव दिनेश प्रसाद सापकोटाले जानकारी दिनुभयो । सचिव सापकोटाका अनुसार, समिति गठनका क्रममा युवाहरूको उल्लेखनीय संख्यामा स्वस्फूर्त सहभागिता देखिएको छ। यसले पार्टीप्रतिको स्थानीय आकर्षण र विश्वास झल्काउँछ । रास्वपा दुधौलीले बाँकी वडाहरूमा पनि छिट्टै संगठन विस्तार गर्ने र स्थानीय तहमा जनसम्पर्क बलियो बनाउने योजना अघि बढाएको अध्यक्ष कार्कीले बताउनुभयो ।
