By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरस्तरीय विज्ञान प्रदर्शनीमा सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम

दुधौली नगरस्तरीय विज्ञान प्रदर्शनीमा सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम

Dudhauli FM
Last updated: जेष्ठ २३, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

जुना कार्की

दुधौली,/ दुधौली नगरपालिकाको सहयोग, प्लान इन्टरनेशनल नेपाल तथा मानव तथा राष्ट्रिय विकास समाज नेपाल (ह्याण्ड्स) को साझेदारीमा सरस्वती माध्यमिक विद्यालय, डकाहा (दुधौली–४) द्वारा आयोजित नगरस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा दुधौली–१० कर्थास्थित सिन्धुली सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ।

जेठ २२ गते शुक्रबार सम्पन्न प्रतियोगितामा दुधौली नगरपालिकाभित्रका १७ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानमूलक अध्ययन, सिर्जनशीलता तथा नवप्रवर्तनको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न नमुना, परियोजना तथा आविष्कारात्मक सामग्रीहरू प्रदर्शन गरिएका थिए।

प्रतियोगितामा प्रस्तुत परियोजनाहरूको मौलिकता, प्रयोगात्मकता, वैज्ञानिक आधार, प्रस्तुतीकरण शैली तथा सामाजिक उपयोगिताका आधारमा मूल्याङ्कन गरिएको थियो। प्रतिस्पर्धामा सिन्धुली सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम, माध्यमिक विद्यालय सुगारे दोस्रो तथा माध्यमिक विद्यालय हर्साही तेस्रो स्थान हासिल गर्न सफल भए। आयोजक सरस्वती माध्यमिक विद्यालय, डकाहा ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो।

विजेता विद्यालयहरूलाई क्रमशः प्रथमतर्फ नगद रु. १० हजार, दोस्रोतर्फ रु. ७ हजार, तेस्रोतर्फ रु. ५ हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. ३ हजार प्रदान गरिएको थियो। साथै प्रमाणपत्र, ट्रफी र दोसल्लासहित सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विज्ञान शिक्षाको विकास, अनुसन्धान तथा आविष्कारप्रतिको रुचि अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना प्रतिभा र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधिप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ। दुधौली नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता विज्ञान तथा नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौली नगरस्तरीय विज्ञान प्रदर्शनीमा सनराइज इङ्लिस बोर्डिङ स्कुल प्रथम

कार्यवाहक नगरप्रमुख थारुको कडा निर्देशनपछि बादरेघाट पुल निर्माणले लियो तीव्रता

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

You Might Also Like

Best Poker Games at Milkywins Casino

By Dudhauli FM

शववाहन सेवा सम्बन्धी विषयमा दुधौली नगरपालिकाको आत्मआलोचना सहित स्पष्टिकरण

By Dudhauli FM
Uncategorized

दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

By Dudhauli FM
Uncategorized

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?